प्राकृतिक श्रोत द्वन्द्वरुपान्तरण केन्द्रद्वारा राहत वितरण

प्राकृतिक श्रोत द्वन्द्वरुपान्तरण केन्द्रद्वारा राहत वितरण


  • डम्बर निदाल, डडेल्धुरा

प्राकृतिक श्रोत द्वन्दरुपान्तरण केन्द्र नेपालको सहयोगमा डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिकाका स्थानीयलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

अजयमेरु गाउँपालिका–२ बसनास्थित कोरनाप्रभावित अति विपन्न १० घरधुरीलाई राहतस्वरुप खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टको प्रमुख आतिथ्यता र अजयमेरु गाउँपालिका–२ का वडासदस्य नन्दादेवी पालको रहोवरमा बुधबार खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको प्राकृतिक श्रोत द्वन्द्वरुपान्तरण केन्द्र नेपाल डडेल्धुराका राष्ट्रिय श्रोत ब्यक्ति तेज महरले जानकारी दिए ।

खाद्यान्न तथा स्वास्थ्य सामग्रीमा प्रतिपरिवार चामल २५ किलो, दाल २ किलो, तेल २ लिटर, नुन २ किलो, साबुन ६ गोटा, मास्क ५० थान र सेनिटाइजर एक–एक बोतल लगायतका सामाग्री वितरण गरिएको उनले बताए ।

लामो समयदेखि सामाजिक क्षेत्रमा देशभरका विभिन्न जिल्लामा काम गर्दै आएको र कोरोनाप्रभावित क्षेत्रहरूमा राहत वितरण गर्ने क्रममा प्राकृतिक श्रोत द्वन्द्वरुपान्तरण केन्द्र नेपालले डडेल्धुरा जिल्लामा पनि राहत वितरण गरेको हो । सामुदायिक वन, जल, जमिन, जंगलसँग सम्बन्धित बहुसरोकार विवाद रुपान्तरणमा संस्थाले काम गर्दै आएको श्रोत ब्यक्ति महरले जानकारी दिए ।