प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिमण्डल विस्तार

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिमण्डल विस्तार



प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिमण्डलमा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता प्रदान गर्नुभएको हो ।

आज गरिएको मन्त्रिमण्डल विस्तारमा एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै जसपाका नेता राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार मिलेको छ ।

यसैगरी, सञ्चार मन्त्रालयको जिम्मेवारी पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापाको काँधमा थमाइएको छ भने माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी साहलाई कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।