विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको निधन



कोरोना संक्रमण पुष्टि भएपछि दुई सातायता उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । बितेको पाँच दिनदेखि नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उनको उपचार चलिरहेको थियो ।

नेपालको वैकल्पिक राजनीतिका अगुवा पात्रको रुपमा पहिचान बनाएका ४४ वर्षीय थापाको मंगलबार अपरान्ह ४ः२५ बजे देहान्त भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।

भेन्टिलेटरमा राखेर उपचार गर्दासमेत उनको स्वास्थ्यमा सुधार नआएपछि शुभचिन्तकहरुबीच चिन्ता छाएको थियो । कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि शुरुमा ह्याम्स र त्यसपछि ग्रान्डी अस्पतालमा थापाको उपचार गराइएको थियो । दुवै अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको थियो ।