फेरि सऱ्यो एमाले स्थायी कमिटी बैठक

फेरि सऱ्यो एमाले स्थायी कमिटी बैठक


प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने गरि समय सारिएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिएका छन् । आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुन लागेकोले नेताहरु त्यसतर्फ केन्द्रित रहेकोले बैठक सारिएको अनुमान गरिएको छ ।

यसअघि बैठक आइतबार साँझ ५ बजेका लागि तय गरिएको थियो भने बीचैमा सूचना जारी गरी पुनः आज बिहान १० बजेका लागि सारिएको थियो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षाका साथै पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ