अमेरिकामा कोभिड-१९ सङ्क्रमित सङ्ख्या घट्ने क्रम जारी

अमेरिकामा कोभिड-१९ सङ्क्रमित सङ्ख्या घट्ने क्रम जारी



अमेरिकामा विगत २४ घण्टामा कोभिड-१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड-१९ सङ्क्रमित ६६७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको अमेरिकाको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार विगत दुई हप्तामा सङ्क्रमित सङ्ख्या ३० प्रतिशतको हाराहारीमा कम भएको छ ।

अमेरिकामा सोमबारसम्म कूल पाँच लाख ९५ हजार ३०२ सय कोभिड सङ्क्रमितको मृत्यु भएको छ । यो दुई हप्तामा मृत्यु सङ्ख्यामा छ प्रतिशतले कमी आएको बताइएको छ ।

त्यहाको पछिल्लो तथ्याङ्क उद्धृत गर्दै एपीले जनाएअनुसार अमेरिकामा विगत २४ घण्टामा ३९ हजार ७२ व्यक्ति अस्पतालमा कोरोना उपचारको लागि भर्ना भएका भए पनि अघिल्लो हप्ताभन्दा अस्पताल पुग्ने बिरामीको सङ्ख्या अत्यधिक कम रहेको छ ।

आइतबारसम्म कोरोनाबाट संक्रमित हुने अमेरिकीको सङ्ख्या तीन करोड २७ लाख ७९ हजारभन्दा बढी रहेको छ । यहाँ कोभिड-१९ विरूद्धको दुवै खोप लगाउनेको सङ्ख्या ३४ प्रतिसत र एक मात्रा मात्र खोप मात्र लगाउनेको संख्या ४६ प्रतिशत पुगेको छ ।

Representative image