गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान



लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्।

प्रदेश प्रमुख सीता पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले राजीनामा बुझाएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार गुरुङ नेतृत्वको सरकारले गरेको कामको लागि धन्यावद दिँदै अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषदलाई नै सरकार सञ्चालनको जिम्मेवारी दिइएको छ ।

साथै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।