भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटनामा दश जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटनामा दश जनाको मृत्यु



भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ ।

बताइएअनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो । खानीभित्र त्रुटिवश एउटा डेटोनेटर पड्काउँदा अनपेक्षित विस्फोट भएको र त्यहाँ कार्यरत मजदूरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

उक्त दुर्घटनामा अझै दश जना हराइरहेको र मृतक पाँच जनाको मात्र पहिचान खुलेको बताइएको छ ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको समाचारमा जनाइएको छ ।