तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुरमा हेलिप्याड निर्माण



तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर बाहिनी अड्डा तुलसीपुरबाट आएको नेपाली सेनाको टोलिले हेलिप्याड निर्माण गरेको हो ।

‘यो सामान्य प्रकृतिको अक्सिजनसहितको आइसोलेसन सेन्टर हो । अक्सिजनको अभावमा तड्पिएका बिरामीलाई राखेर स्वासप्रस्वासमा सहजता ल्याउने यसको उद्देश्य हो’– नगर प्रमुख पाण्डेले भने । ‘थप उपचार गर्नुपर्ने अवस्था आइपरेर यदि कसैले म हेलिकोप्टरमार्फत बाहिर उपचार गर्न लैजान्छु भन्नुभयो भने त्यसको अभाव हुन नदिनका लागि हेलिप्याड बनाएका हौँ’, उनको प्रष्टोक्ति छ ।