संक्रमणका कारण दुई निजी विद्यालयका प्रधानाध्यापकहरुको मृत्यु

संक्रमणका कारण दुई निजी विद्यालयका प्रधानाध्यापकहरुको मृत्यु


  • कपिलवस्तु प्रतिनिधि

कोरोना संक्रमणबाट शुक्रबार दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कोरोनासंक्रमित शिवराज नगरपालिका–३ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ । उनी फफुरी इंग्लिस बोर्डिङ स्कूल चन्दौटाकी प्रधानाध्यापक थिइन् ।

यस्तै, शिवराज नगरापलिका–५ का ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी खरेन्द्रपुरस्थित गोल्डेन पार्क एकेडमीका प्रधानाध्यापक थिए ।

दुवै जनाको शिवराज नगरपालिकाले चन्द्रौटामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित ८ सय ७३ जना रहेका छन्