नेपाल सुपर लिग : काठमाडौं रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

नेपाल सुपर लिग : काठमाडौं रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई


नेपाल सुपर लिगअन्तर्गत मंगलबार सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौंले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

काठमाडौंका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरेका हुन् । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए । खेलको शुरुआतदेखि नै काठमाडौंले निकै आक्रामक खेल खेलेको थियो ।

खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३औँ मिनेटमा काठमाडौंले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन ।

यस्तै, खेलको २६औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन । खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

जीतसँगै काठमाडौंले तीन अंक बटुलेको छ । काठमाडौंको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौं लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।