यतिबेला काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका मोबाइल सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले विभिन्न आकर्षक डाटा सुविधाहरू उपलब्ध गराएको छ ।
टेलिकमका अनुसार प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएका यी सुविधाहरू निम्नानुसार छन् –
१) वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक –
२८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९/– मा उपलब्ध छ । सेवाग्राहीले आवश्यकताबमोजिम डाटा चलाउन र कुराकानीसमेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*8*2# डायल गर्न सकिन्छ ।
२) ७ दिनका लागि १.५ जीबी प्याक –
सात दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्ने गरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५/– मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*1*4# डायल गर्न सकिन्छ ।
३) २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक –
२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०/– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*8*2# डायल गर्न सकिन्छ ।
४) ५०० एमबी पर डे डाटा प्याक –
जम्मा रु. २९९/– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्ने गरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*9*3# डायल गर्न सकिन्छ ।
मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।
ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जनाएका छन् ।
प्रतिक्रिया