किटाणु नष्ट पार्ने फिल्टरयुक्त बिजुली बचत गर्ने एल.जी.को नयाँ एसी बजारमा

किटाणु नष्ट पार्ने फिल्टरयुक्त बिजुली बचत गर्ने एल.जी.को नयाँ एसी बजारमा


एल.जी.को आधिकारिक बिक्रेता सि.जी. इम्पेक्स प्रा.लि.ले एन्टीभाइरस फिल्टर भएको एल.जी.को ए.सी. नेपाली बजारमा ल्याएको छ ।

यस एन्टीभाइरस फिल्टरले भित्री वातावरणको किटाणुलाई नष्ट गर्ने र वातावरण ताजा बनाउने कम्पनीको दाबी छ ।

एन्टीभाइरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गरेको र यस ए.सी.मा फोर इन्न वान कन्भर्टेबल मोड रहेको छ, जसले ए.सी. लाई ४० प्रतिशत, ६० प्रतिशत, ८० प्रतिशत र १०० प्रतिशत अर्थात् काोठा वा हलमा मान्छे धेरै हुँदा पूर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता रहेको हुनाले विद्युत खपत कम गरी पैसा पनि बचत गर्ने बताइएको छ ।

यस ए.सी.मा दोहोरो इन्भर्टर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च तथा कम गतिमा स्थिर भएर काम गर्छ, जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै ७० प्रतिशतसम्म बिजुली खपत पनि गर्दछ ।

यस एल.जी.को ए.सी.मा रहेको ब्ल्याक फिन टेक्नोलोलीले धुलो, आर्द्धता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ, जसले गर्दा ए.सी.को आयु बढाउनुका साथै लामो समय सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

एल.जी.को ए.सी.ले ४० प्रतिशत चाँडो चिसो वा तातो बनाउँछ भने वातावरणमैत्री आर३२ ग्याँस रहनुका साथै १० वर्षको वारेण्टी पनि रहेको छ ।

यतिबेला नयाँ वर्षको अफरमा एल.जी.को ए.सी. किन्दा ४ हजार बराबरको निःशुल्क ए.सी.जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।