नेपालमा कोरोनाबाट ३,०७० जनाले ज्यान गुमाए

नेपालमा कोरोनाबाट ३,०७० जनाले ज्यान गुमाए


कूल सङ्क्रमित सङ्ख्या २,८२,८९०


देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

थप नौ सयसमेत नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै , छिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ७४ हजार ८१२ रहेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा ३,०७० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।