आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत २०७८ शुक्रबार, १६ अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत २०७८ शुक्रबार, १६ अप्रिल २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योत्तरायणे वसन्त ऋतु राक्षस नामक संवत्सर वि.सं. २०७८ वैशाख ३ गते तद् अनुसार सन् २०२१ अप्रिल १६ तारिख शुक्रबार चैत्र शुक्लपक्ष चतुर्थी तिथि रोहिणी नक्षत्र सौभाग्य योग बब करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहने छ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२९ मा हुनेछ । भ.पु. ब्रम्हमाणी यात्रा ।

आजको राशिफल

मेष – मान-पुरस्कार प्राप्त होला । भोजभतेरमा सरिक हुने योग छ । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । आय बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति-पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य वृद्धि हुनेछ ।

बृष – आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ अरुको भर नपरेर काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति-पदोन्नति हुनेछ ।

मिथुन – व्यस्तता बढ्ला । जोखिममा नपर्नु होला । सोचीविचारी काम गर्नुपर्ला । आशा उत्साह बढ्ला, नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला ।

कर्कट – मान पुरस्कार मिल्नेछ । आय वृद्धि होला । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । आँट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । रसरागमा रुचि बढ्ने देखिन्छ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । अरुसित मिलेर काम गर्नु बेस रहला तर विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । मित्रजनको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – धार्मिक कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग रहनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सुख सन्तति बढ्नेछन् ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।