जापानमा संक्रमण बढ्ने भयका कारण संकटकाल लगाउन आग्रह

जापानमा संक्रमण बढ्ने भयका कारण संकटकाल लगाउन आग्रह


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापान मेडिकल एशोसियशनका अध्यक्ष तोशिओ नाकागावाले सकेसम्म छिट्टै कोरोना भाइरसको संक्रमणका कारण अर्को संकटकाल लगाउन सरकारसँग अनुरोध गरेका छन् । पछिल्लो समय देशभर फैलिरहेको संक्रमणलाई चौथो चरणको संज्ञा दिँदै उनले बुधबार यस्तो अनुरोध गरेका हुन् ।

‘सकेसम्म छिट्टै संकटकालको घोषणा गर्नु जरुरी छ’, नियमित पत्रकार सम्मेलनमा नाकागावाले भने । यही महिनाको अन्त्यदेखि शुरु हुने गोल्डेन वीकको सार्वजनिक बिदामा मानिसहरुको आवागमन बढेर देशभर कोरोना भाइरसको संक्रमण बढ्ने हो कि भन्ने भयबीच उनले सो आग्रह गरेका हुन् ।

पश्चिमी प्रिफेक्चर ओसाकामा स्वास्थ्य उपचार प्रणाली धराशयी हुन लागि सकेको र आवश्यक परेको बेलामा मानिसहरुलाई स्वास्थ्य उपचार प्राप्त गर्न मुस्किल हुने पनि नाकागावाले बताएका छन् । बुधबार लगातार दोस्रो दिन ओसाकामा संक्रमितको संख्या हजार नाघेको छ ।