धार्मिक द्वन्द्वको ‘खेती’ गरिँदै !

धार्मिक द्वन्द्वको ‘खेती’ गरिँदै !



जनगणना २०७८ को पूर्वसन्ध्यामा गैह्रकानूनी ढङ्गले धर्मान्तरणमा सक्रिय सङ्घ-संस्थाहरू आक्रामक रूपमा क्रियाशील भएको पाइएको छ । एकातिर हिन्दू धर्मावलम्बीहरूको महान् तीर्थस्थल पशुपतिनाथ परिसरको स्लेषमान्तक परिसरमा अतिक्रमण गरी इसाइहरू आफ्नो चिहान बनाउन तम्सेका छन् भने अर्कोतिर गोप्य रूपमा मसिह पार्टी खोल्ने, सनातनीहरू बीच विभाजन ल्याउने र हिन्दू जनजाति समुदायलाई दिग्भ्रमित गर्ने लगायतका अनेकौँ अवाञ्छित काम गर्न पनि उनीहरूले भ्याएका छन् ।

इसाइहरूको दुई वटा संस्थाका तर्फबाट शेरबहादुर एसी र डिल्लीराम पौडेल नामक पास्टरहरूले संयुक्त बक्तव्यमार्फत ब्राह्मण र क्षेत्रीका कोखबाट पैदा भएर पछि आफ्नो धर्म छोडेकाहरूलाई विशेष आह्वान गरेको केही दिनमै स्लेष्मान्तक वन क्षेत्रमा इसाइहरूले अतिक्रमण गरी चिहान बनाउन थाालेको तथ्यहरू सार्वजनिक भएको छ ।

पास्टरहरूको वक्तव्यमा युएमएन नामक ‘कुख्यात’ संस्थाले नेपालमा इसाइकरणका निम्ति मूख्य भूमिका निर्वाह गरेकोमा गौरव बोध गर्दै भनिएको छ- ‘UMN को कुटनीतिक पहलबाट विश्व मस्ट महासङ्घ गठन भएको छ । नेपालको संविधानमा खस आर्य एकै हुन् भनी कानूनमा समेट्नु ख्रिष्टिय जगतको लागि दुःखद कुरा हो । अन्तर्राष्ट्रिय स्तरका ख्रिष्टियन संस्थाको विशेष बैठकले ब्राह्मण समुदायलाई आर्य हिन्दू र क्षेत्री समुदायलाई खस-मष्टो बनाएर विभाजन गर्ने रणनीतिअनुसार मिसन अगाडि बढेको सहर्ष जानकारी गरिन्छ । ब्राह्मण र क्षत्रीयलाई नटुक्य्राएसम्म हामीले धर्मान्तर गर्न कठिन हुने हुँदा यसपटकको जनगणनामा सम्पूर्ण ब्राह्मण तथा क्षेत्री समुदायका ख्रिष्टियनहरूले आफ्ना घरमा आउने गणकहरूलाई जातिमा खस र धर्ममा मस्ट लेख्न लेखाउन आफ्ना चर्चभित्रका विश्वासीलाई जानकारी गर्न अपिल गर्दछौँ ।’

तराइका थारु समुदाय र पहाडका मगर समुदायलाई हिन्दु नलेखी प्रकृति धर्म लेखाउने प्रशिक्षण दिन पनि इसाइकर्मीहरू फिल्डमा खटिएका छन् । बाबुराम भट्टराईसम्वद्ध पार्टीका केही कार्यकर्ताहरू पनि यस किसिमको हर्कतका निम्ति खटेको पाइएको छ । इसाइका यस्ता गतिविधिले मुलुकमा तनाव पैदा गराइरहेका बेला पशुपतिनाथ क्षेत्रमा इसाइका चिहान बनाउन थाल्नुले सनातनी नेपालीलाई थप क्रुद्ध बनाएको छ । सरकारले तत्कालै यस प्रकारका समस्या समाधान गर्ने तत्परता नलिए मुलुकमा भयङ्कर धार्मिक द्वन्द्वको खतरा पैदा हुन सक्ने देखिएको छ ।