२५ बैशाख २०७८, शनिबार

अशान्ति चाहनेहरु वार्ता भाँड्न लागिपरेको विप्लवको आरोप

  प्रकाशित मिति
१ बैशाख २०७८, बुधबार १६:४५


  • विशेष प्रतिनिधि, कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार र आफ्नो पार्टीबीच भएको सहमतिलाई लिएर केहि व्यक्तिले सहमतिको अवस्था भाँड्न खोजेको बताएका छन् ।

नयाँ वर्षको दिन बुधबार गृहजिल्ला कपिलवस्तुको शिवगढिमा आफ्नो पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै विप्लवले आफूहरु तीन बुँदे सहमतिप्रति दृढ रहे पनि केहि व्यक्तिहरु वार्ताबाट भएको सहमति विथोल्न लागिपरेको आरोप लगाए ।

गृहमन्त्री समेत रहेका केपी शर्मा ओली समूहका नेता रामबहादुर थापाले मंगलबार मात्रै ‘विप्लव समूहसँग हतियार रहेको र उनीहरुलाई सुरक्षा निकायले निगरानी’मा राख्नुपर्ने निर्देशन दिनु भएको थियो

आफैं सहमति गरेर विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरिरहेका रामबहादुर थापाले विवादास्पद अभिव्यक्ति दिएपछि विप्लवले युद्ध र अशान्ति चाहनेहरु वार्ता भाँड्न लागेको आरोप लगाएका हुन् ।

विप्लवले भनेका छन्, ‘हामी तीनबुँदे सहमति कार्यान्वयन गर्न दृढ छौँ,तर तीनबुँदे सहमतिलाई युद्ध र अशान्ति चाहनेहरुले वार्ता बिथोल्न खोजिरहेका छन्।’

जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउँदै आएको भन्दै विप्लवले जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले आफ्नो पार्टीले निरन्तर संघर्ष गर्दै आएको जिकिर गरे । उनले भने, ‘जनताको न्यायपूर्ण आवाजमाथि गरिएको दमनविरुद्ध हामी लड्दै आएको छौँ र वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहन्छौँ ।’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजबाट केन्द्रीय सम्पर्क कार्यालयको निर्माण सुरु गरेको हो । सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव नेकपा गत फागुन २१ गते सार्वजनिक भएका थिए । सरकारले २०७५ फागुन २८ गते लगाएको प्रतिबन्ध फिर्ता लिएपछि विप्लव नेतृत्वको नेकपा खुल्ला कार्यक्रम गर्दै आएको छ।

खुल्ला राजनीतिमा आएलगत्तै नेकपाले आफ्नो केन्द्रीय सम्पर्क कार्यालय निर्माण सुरु गरेको हो । भवनको शिलन्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने