सनातनीहरूले बुझ्नु नपर्ने यो रहश्य !?

सनातनीहरूले बुझ्नु नपर्ने यो रहश्य !?


  • देवप्रकाश त्रिपाठी

राजनीतिक तथा अन्य कैयन दृष्टिले नयाँ वर्ष २०७८ विशेष महत्वको रहने देखिएको छ, यसै साल जनगणना समेत हुने भएकोले ‘गणनाको रणनीतिक परिणाम’ कुन प्रकारको आउला भन्ने ब्याकुलता र जिज्ञाशा पनि छ । वि.सं. १९१७ मा श्री ३ जङ्गबहादुर राणाले पहिलो पटक जनगणना गराउँदा नेपालको कुल जनसङ्ख्या बाउन्न लाख (५२,००,०००) भएको तथ्य उजागर भएको थियो । २००७ सालको राजनीतिक परिवर्तनपश्चात् केन्द्रीय तथ्याङ्क विभाग स्थापना गरेर तथ्याङ्क सङ्कलनमा युरोपियन शैली अवलम्बन गरिएयता जनगणनासमेतमा राजनीति हुन थालेको हो । खासगरी नेपालको मौलिक धार्मिक-सांस्कृतिक समुदायविरुद्ध केही दशकयता भइरहेका हमलाको प्रतिबिम्ब जनगणनाका क्रममा राम्रैसँग प्रकट हुने गरेको छ ।

साढे ६ दशकअघि तथ्याङ्क विभागको स्थापना भएपछि विभागको कार्यपद्धतिबारे अध्ययन-अवलोकन गर्न पुगेका नेपालप्रेमी स्वीस भूगर्भबेत्ता टोनी हेगनले देखेको र उनले आफ्नो पुस्तकमा लेखेको ब्यहोरा स्मरणयोग्य छ । नेपालबारे हेगनको पुस्तक ‘दी किङडम इन दी हिमालयज’मा उनले नेपालले पनि युरोपिएन शैलीमा जनगणना गराउन शुरु गरेकोमा दुःखी हुँदै लेखेका छन्- ‘युरोपिएन शैलीमा धार्मिक समुदायको सङ्ख्या जनाउने गरी विवरण राख्न थालिएछ, यसले भविष्यमा नेपालमा धार्मिक द्वन्द्व पैदा गराउन सक्छ ।’ ६ दशकअघि नै हेगनले व्यक्त गरेको चिन्ता सही र मार्मिक भएको वास्तविकता जनगणनाका क्रममा पछिल्ला केही दशकभित्र हुँदै आएका ‘राजनीति’ले छर्लङ्ग पारेको छ ।

भारतमा इसाइ (अङ्ग्रेज) हरूको प्रवेशपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकिकरण (वि.सं. १८२५) लगत्तै काठमाडौंबाट केपुचिन पादरीहरूलाई देश निकाला गरेको एक सय बयासी वर्षसम्म नेपालमा इसाइहरूको प्रवेशमा बन्देज थियो । वि.सं. २००७ मा राणा शासन अन्त्य भएको ६ महिना नबित्दै युएमएन (युनाइटेड मिसन टू नेपाल) नामक खतरनाक इसाइ संस्थालाई नेपाल भित्रिने अनुमति मिल्यो । शिक्षा र स्वास्थ्य क्षेत्रमा हात हालेर युएनएमले सुस्तरी इसाइकरकणको प्रक्रिया शुरु गरेको भए पनि वि.सं. २०१८ सालको जनगणनासम्म इसाइधर्मीहरूले तथ्याङ्कमा आफ्नो सङ्ख्यात्मक उपस्थिति दर्शाउन सकेका थिएनन् । २०२८ को जनगणनामा ०.०२ प्रतिशत, २०३८ मा ०.०३ तथा २०४८ को जनगणनासम्म ०.१७ प्रतिशतमा सीमित इसाइधर्मीहरूको सङ्ख्या २०५८ मा ०.४५ र २०६८ मा १.४१ प्रतिशत पुग्यो । पाँच दशकभित्र देशमा इसाइकरण एक सय एकचालिस प्रतिशतले बढेको छ भने अहिले स्थिति झनै भयावह बनेको छ । २००८ सालको जनगणनाले देशमा हिन्दू धर्मावलम्बीहरूको कुल सङ्ख्या ८८.८७ प्रतिशत देखाएकोमा २०६८ मा ८१.३४ प्रतिशतमा सङ्कुचित हुन पुगेको छ । विगत दश वर्षको अवधिमा जुन स्तरमा इसाइकरण भयो, २०७८ को जनगणनाले यसको एउटा भयावह तस्बिर सार्वजनिक गर्ने सम्भावना देखाएको छ ।

सनातनी हिन्दूहरूको विविध विश्वासलाई एकिकृत हुन नदिई ‘अन्य’ धर्म-समूहका रूपमा अङ्कित गराउने, हिन्दू धर्मावलम्बीको सङ्ख्या ८१.३४ प्रतिशतबाट घटाएर पचास प्रतिशतभन्दा तल ल्याउने र हिन्दूराष्ट्रको एजेण्डालाई राजनीतिक रूपले सदाको निम्ति समाप्त गर्ने षडयन्त्र भएको छ । पश्चिमाहरूले रचेको यस्तो षडयन्त्रमा सबै राजनीतिक दलका मूख्य नेता तथा केही प्रशासकहरू कुनै न कुनै स्तरको संलग्नता रहेको आभाष हुन्छ ।

२०६३ को परिवर्तनपश्चात जेठ ४ (२०६३) गते विशेष घोषणा (जुन गैह्रसंवैधानिक मानिन्छ) मार्फत हिन्दूराष्ट्रको पहिचान खारेज गर्दै धर्मनिरपेक्षता लादिएपछि इसाइकरणले लिएको तीव्र गतिमा अहिलेसम्म ब्रेक लागेको छैन । २०६८ को जनगणनालाई ‘विशेष’ बनाउन अन्तर्राष्ट्रिय शक्तिकेन्द्र, इसाइधर्मी सङ्घ-संस्था तथा गैह्रसरकारी संस्थाहरू अनेकौँ रणनीतिक योजनाका साथ क्रियाशील भइरहेका छन् । जनगणनाको परिणाम हिन्दू धर्मावलम्बीहरूको सङ्ख्यात्मक आँकडा क्षीण बनाउनेतर्फ लक्षित छ । त्यसनिम्ति सबभन्दा पहिले जनगणना फारामको प्रारुप तयार गर्ने प्रस्ताव राखेर शुरु भएको थियो ।

हिन्दू धर्म आफैंमा वृहत र विविधतापूर्ण रहेको तथ्य सबैमा जाहेर छ, यहाँ निराकार या आकार ईश्वर मान्न पाइने स्वतन्त्रता छ, देवता र देवीहरू पनि छानी-छानीकन मान्न सकिने सुविधा केवल हिन्दू धर्मावलम्बीलाई मात्र रहेको छ । त्यसो गर्दा कोही शैव (शिवमार्गी) बनेका छन् त कोही वैष्णव (विष्णुमार्गी) र कृष्णप्रणामीका रूपमा देखापरेका छन् । पश्चिम नेपालमा मस्ट पुजकहरूको सङ्ख्या राम्रै मानिन्छ भने ब्रह्मकुमारीलगायत अन्य विभिन्न धार्मिक अभ्यास पनि यहाँ चलिरहेको छ । भिन्न स्वरुपका धार्मिक अभ्यास चलिरहेका भए पनि समग्रमा सनातनी नै भनिन्छ र, हिन्दूभन्दा बेग्लै धर्मका रूपमा यिनलाई बुझिँदैन । तर यसपटक जनगणना फारामको प्रारुप तयार गर्ने क्रममा तथ्याङ्क विभागमाथि वैष्णव, शैव, कृष्ण प्रणाली, ब्रह्मकुमारी र हिन्दूलाई बेग्लाबेग्लै धर्मका रूपमा अङ्कित गराउने दबाब पऱ्यो । त्यसो गर्दा हिन्दूहरू सङ्गठित ढङ्गले प्रतिरोधमा उत्रने सम्भावनालाई दृष्टिगत गरी जनगणना फाराम सूक्ष्म षडयन्त्रमूलक ढङ्गले तयार पारिएको छ । केवल हिन्दू र बौद्ध धर्मावलम्बीको सङ्ख्या न्यून गराइ भविष्यमा हिन्दूराष्ट्र स्थापनाको राजनीतिक एजेण्डालाई रक्षात्मक तुल्याउने चाल जनगणना फाराममार्फत चालिएको छ ।

नेपालमा हाल क्रियाशील कुनै पनि राजनीतिक दल हिन्दूराष्ट्रको पक्षमा छैनन् । दलहरूभित्रै कैयन मानिस राष्ट्रवादी भावना र दृष्टिकोण राख्छन्, तर नेतृत्व पङ्क्तिका सबै हिन्दूराष्ट्रका विरुद्ध छन् । त्यसैले सनातन हिन्दू धर्म आफैंमा प्रकृतिपूजक भएको जान्दाजान्दै पनि ‘प्रकृति’ नामक बेग्लै धर्म जनगणना फाराममा उल्लेख गरिएको छ । सनातनी हिन्दूहरू जलदेवी, वनदेवी, आकाश, धर्ति, वायु, पहाड, पत्थर आदिको पूजाआजा गर्ने गर्दछन् भन्ने बुझेर पनि ‘प्रकृति’ नामक बेग्लै धर्म जनगणनाको धर्मसम्बन्धी महलमा समावेश गर्नुको सिधा अर्थ देशमा हिन्दू जनमत न्यून देखाउनेबाहेक अर्को हुँदै होइन ।

देशको मैथिल, भोजपुरी, थारु, मगर र नेवारी सभ्यता सनातनी सभ्यताको जगमा खडा भएको छ । हिन्दू धर्म र संस्कृति प्रवर्द्धनमा सबैभन्दा ठूलो योगदान पनि यिनै जातीय समुदायले दिइरहेका छन् । गुरुङ, तामाङ, राई, लिम्बु, शिल्पी र क्षेत्री-ब्राह्मण समुदायले पनि हिन्दू धर्म परम्पराको विकासमा उल्लेख्य योगदान पुऱ्याएका छन् । फाराममा प्रकृति नामक बेग्लै धर्म थप गर्नुको मूख्य उद्देश्य थारु, मगर, तामाङ, गुरुङ र राई तथा लिम्बु समुदायलाई हिन्दू धर्मबाट विचलित गराउनु र, हिन्दू धर्मावलम्बीको सङ्ख्या कम देखाउनु हो । त्यसैगरी फारामको धर्मसम्बन्धी महलमा संसारमा प्रचलित दुई वटाबाहेक सबै धर्मको नाम लेखेर ‘अन्य’ भन्ने शब्द जालसाझीपूर्ण ढङ्गले अङ्कित गरिएको छ । यहुदी र जराथ्रुस्टिएन नामक दुई धर्महरू फाराममा उल्लेख गरिने हो भने ‘अन्य’ उल्लेख गरिरहनु पर्ने हुँदैन । ‘अन्य’ शब्द उल्लेख गर्नकै निम्ति यहुदी र जराथ्रुष्टिएन धर्मको नाम फाराममा नलेखिएको बुझिन्छ ।

देशलाई भन्दा सत्तालाई प्राथमिकतामा राख्ने दलका नेताहरू सत्ता सङ्कटमा पर्ने महसूस भएमा हिन्दूराष्ट्रको पक्षमा आउने मात्र होइनन्, हिन्दूराष्ट्र पुनःस्थापनाको ‘क्रेडिट’ लिन पनि उनीहरू नै तम्सन सक्छन् । ‘जनताको भावनालाई उच्च सम्मान गर्दै देशलाई हामीले हिन्दूराष्ट्र बनायौँ’ भन्ने र, हिन्दूराष्ट्रलाई पनि आफूहरूको महान् उपलब्धिकै संज्ञा काङ्ग्रेस–कम्युनिष्टका नेताहरूले दिन सक्ने खतरा छ ।

सनातनी धर्म परम्पराभित्र ईश्वरलाई बुझ्ने र पुज्ने मान्यतामा पूर्ण स्वतन्त्रता छ । आकार या निराकार ईश्वर मान्ने, मन्दिर गएर भगवानको पूजा गर्ने या घर तथा एकान्तमा बसेर भगवानको पूजा आरधना गर्ने, शिव, विष्णु, कृष्ण, राम, भगवती, दुर्गा, काली, सरस्वती, लक्ष्मी, पितृ आदिलाई मूल देवी-देवता मानेर पूजाआजा गर्ने स्वन्तन्त्रता सनातनी हिन्दू परम्परामा स्थापित छ । जनगणना फाराममा ‘अन्य’ शब्द उल्लेख हुनुको मूख्य कारण शैव, वैष्णव, कृष्णप्रणामी, मस्टपूजक र ब्रह्मकुमारी आदिलाई हिन्दू नभएको परिभाषा दिँदै ‘अन्य’मा समावेश गराउनका निम्ति हो । यसरी सनातनी हिन्दूहरूको विविध विश्वासलाई एकिकृत हुन नदिई ‘अन्य’ धर्म-समूहका रूपमा अङ्कित गराउने, हिन्दू धर्मावलम्बीको सङ्ख्या ८१.३४ प्रतिशतबाट घटाएर पचास प्रतिशतभन्दा तल ल्याउने र हिन्दूराष्ट्रको एजेण्डालाई राजनीतिक रूपले सदाको निम्ति समाप्त गर्ने षडयन्त्र भएको छ । पश्चिमाहरूले रचेको यस्तो षडयन्त्रमा सबै राजनीतिक दलका मूख्य नेता तथा केही प्रशासकहरू कुनै न कुनै स्तरको संलग्नता रहेको आभाष हुन्छ ।

नेपालको अस्तित्व यसको आफ्नै मौलिकतामा मात्र सूरक्षित रहन सक्छ । राजनीतिक रूपले नेपाल मौलिक रहन खोजेन, पृथ्वीनारायण शाहका दिब्य मार्गदर्शनलाई मात्र अनुशरण गरेर हामी समृद्धिको मार्ग छोट्याउन सक्छौँ । तर यहाँ नजिकका देवतालाई हेला गरेर टाढाका भूतको पूजा गर्ने संस्कार भित्रिएको छ । पृथ्वीनारायण शाहलाई अपमान र उपेक्षा गरी मार्क्स, लेनिन, स्टालिन र माओ त्से तुङको पूजा गर्ने अग्रसरताले त्यस्तै संस्कारको सङ्केत गरेको छ ।

नेपालको निर्माणमा मार्क्स, लेनिन तथा माओको के योगदान थियो र, गान्धी स्वयम्ले नेपालमा के योगदान पुऱ्याएका थिए भन्ने प्रश्नको जवाफ काङ्ग्रेस, कम्युनिष्टलगायत नेपालमा हाल क्रियाशील कुनै पनि दलका नेताहरूबाट प्राप्त हुन सक्ने छैन । स्टालिन जसलाई कम्युनिष्टहरू आफ्नो गुरु मान्दछन्, तिनले त नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यताबाट बञ्चित गर्न ‘भिटो’ प्रयोग गरेका थिए । नेपालसँग कुनै साइनो सरोकार नराख्ने, बरु वैरभाव राख्ने गुरुका शिष्यहरूबाट देशका पक्षमा कुनै उपयोगी कार्य नभएकोमा गुनासो गर्नु समयको बर्बादी हो, जुन हामी गरिरहेका छौँ ।

नेपाली भाषा, नेपालमै उत्पत्ति भएका अन्य प्रचलित राष्ट्रिय भाषा एवम् हिन्दू, बौद्ध, किराँत बोन तथा मैत्रीय धर्म, दौरा सुरुवाल र टोपी, गाइजात्रा, इन्द्रजात्रा, मत्सेद्रनाथको भोटो देखाउने जात्रा, कुमारी प्रथा, दशैँ, तिहार, जितिया, छठ र माघी जस्ता पर्वहरू नास भएपछि नेपाल भेटिने भनेको इतिहासका पानामा र सङ्ग्रहालयमा मात्र हो । प्रशासनजीवी र राजनीतिजीवीहरूले आफ्नो एक थान परिवार र एक चिम्टी पदलाई जति महत्व दिँदै आएका छन्, देशको नाममा त्यसको एक प्रतिशत महत्व पनि प्रकट भएको महसूस नेपाली जनताले गर्न पाएका छैनन् । ज्याला बुझेर हिन्दू अधिराज्यको अन्तर्राष्ट्रिय पहिचान मेट्न मूख्य भूमिका निर्वाह गर्नेहरू नेपाल पुनः हिन्दूराष्ट्र बन्ने सम्भावनाप्रति अत्यन्त निष्ठूर भाव राख्दछन् । त्यसैले जनगणनाबाट हिन्दूहरूको सङ्ख्या पचास प्रतिशतभन्दा तल पार्न सकियो भने हिन्दूराष्ट्र कहिल्यै नफर्कने र बुझेको ज्याला फर्काउनु पनि नपर्ने मानसिकता उनीहरूले बनाएका हुन सक्छन् ।

हिन्दू नेपालीको आफ्नो धर्म हो र, हिन्दूराष्ट्र नेपालको अन्तर्राष्ट्रिय पहिचान हो । आफ्नो एउटा पेट पाल्नका निम्ति धर्म छाड्न र राष्ट्रको पहिचान फाल्न तयार हुनेहरूको चरित्र विश्लेषण गर्दा कदाचित नेपाल हिन्दूराष्ट्र हुने भयो भने त्यसको ‘क्रेडिट’ लिने प्रयास पनि उनीहरूबाट नै हुने देखिन्छ । २०६३ देखि अहिलेसम्म काङ्ग्रेस, कम्युनिष्ट, पञ्च र मधेशकेन्द्रीत समूहहरूले धर्मनिरपेक्षतालाई महानतम् उपलब्धिका रूपमा स्वामित्व दाबी गर्ने गरेका छन् । स्मरणीय छ, हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनालाई आफ्नो राजनीतिक एजेण्डा बनाउने पार्टीका मूख्य नेताहरू तिनै हुन्, जसले धर्मनिरपेक्ष, सङ्घीय, जातिवादी, गणतन्त्रात्मक संविधानलाई ‘विश्वकै उत्कृष्ट’ भएको घोषणा गरेका थिए । कम्युनिष्टले मार्क्स र लेनिनको तस्बिर देखाएर भोट मागेजस्तै हो राप्रपा प्रजातिले राजा र हिन्दूत्वको प्रयोग गर्नु । देशलाई भन्दा सत्तालाई प्राथमिकतामा राख्ने दलका नेताहरू सत्ता सङ्कटमा पर्ने महसूस भएमा हिन्दूराष्ट्रको पक्षमा आउने मात्र होइनन्, हिन्दूराष्ट्र पुनःस्थापनाको ‘क्रेडिट’ लिन पनि उनीहरू नै तम्सन सक्छन् । ‘जनताको भावनालाई उच्च सम्मान गर्दै देशलाई हामीले हिन्दूराष्ट्र बनायौँ’ भन्ने र, हिन्दूराष्ट्रलाई पनि आफूहरूको महान् उपलब्धिकै संज्ञा काङ्ग्रेस-कम्युनिष्टका नेताहरूले दिन सक्ने खतरा छ ।

नेपालले हिन्दूराष्ट्रको पहिचान प्राप्त गरेकै कारण यो रातारात समृद्ध र विकसित मुलुक बन्ने होइन । ‘हिन्दूराष्ट्र’ घोषित हुँदा विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित हुने, पहाड र तराइबासीबीच एकताको भावना मजबुत हुने र समग्र राष्ट्रियता सुदृढ बन्ने मात्र हो । राज्य स्थिर, शान्त र समृद्धिमुखी नबन्नुका मूख्य कारण हामीले ब्यहोर्न बाध्य राजनीतिक नेतृत्व पनि हो, जो धर्मनिरपेक्षतालाई महान् उपलब्धिका रूपमा ग्रहण गर्दै त्यसको जश लिँदैछन् र, भोलि हिन्दूराष्ट्र बनेको समयमा त्यसलाई समेत ‘आफ्नै महान् उपलब्धि’ भएको बताउन जिब्रो उद्याएर बसेका छन् ।

प्रशासनजीवी र राजनीतिजीवीहरूले आफ्नो एक थान परिवार र एक चिम्टी पदलाई जति महत्व दिँदै आएका छन्, देशको नाममा त्यसको एक प्रतिशत महत्व पनि प्रकट भएको महसूस नेपाली जनताले गर्न पाएका छैनन् । ज्याला बुझेर हिन्दू अधिराज्यको अन्तर्राष्ट्रिय पहिचान मेट्न मूख्य भूमिका निर्वाह गर्नेहरू नेपाल पुनः हिन्दूराष्ट्र बन्ने सम्भावनाप्रति अत्यन्त निष्ठूर भाव राख्दछन् । त्यसैले जनगणनाबाट हिन्दूहरूको सङ्ख्या पचास प्रतिशतभन्दा तल पार्न सकियो भने हिन्दूराष्ट्र कहिल्यै नफर्कने र बुझेको ज्याला फर्काउनु पनि नपर्ने मानसिकता उनीहरूले बनाएका हुन सक्छन् ।

एक समय बहुदलीय संसदीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रलाई महान् उपलब्धिका रूपमा ब्याख्या गर्दै राजाका पाउमा दाम राखेर दर्शन गर्नेहरू नै रातारात धर्मनिरपेक्षता, गणतन्त्र र वर्णशङ्कर राजनीतिक प्रणालीप्रति गौरवान्वित हुने ठाउँमा आइपुगेका छन्, भोलि देश विभाजन या विघटन हुन खोज्यो भने त्यसमा समेत गौरव महसूस गर्ने स्वभाव-चरित्र विद्यमान राजनीतिक नेतृत्वले देर्शाइरहेको छ । चरित्र र व्यवहारले नेपाली राजनीतिजीवीहरूलाई धमिरा पुष्टि गरिसक्दा पनि हामी यिनकै आशामा तमासे बनिरहेछौँ । राष्ट्रियता बचाउन एकीकृत सार्वभौमिकतासहितको हिन्दूराष्ट्र स्थापना अपरिहार्य भएजस्तै देश बनाउन विद्यमान नेतृत्वको विस्थापन अनिवार्य शर्त हो । तीन दशकदेखि यिनीहरूबाट देश पटक-पटक झुक्किँदै आएको छ, भोलिको पुस्ताले यसरी झुक्किएर आफ्नो जीवन र देशको समय बर्बाद गर्नु नपरोस् भन्ने उद्देश्यका निम्ति पनि धर्मनिरपेक्षता सँगै विद्यमान नेतृत्वको विस्थापन अनिवार्य आवश्यकता बनेको छ ।

जनगणनाको परिणाम उनीहरूले चाहेजस्तै सनातनधर्मीहरूको सङ्ख्या पचास प्रतिशतभन्दा तल झार्न सकियो भने काङ्ग्रेस-कम्युनिष्ट लगायत सबै दलका नेताहरू त्यसैको प्रमाणिकरणमा लाग्नेछन् । राप्रपा नामको मुकाम खडा गरी बस्नेहरू चाहिँ त्यही पचास प्रतिशतलाई उल्लु बनाएर आफ्नो राजनीतिक शिद्धि प्राप्त गर्ने योजनाबद्ध प्रयासमा देखिन सक्छन् । जो नेपाली राष्ट्रियता तथा राष्ट्रिय एकता सुदृढिकरणका निम्ति हिन्दूराष्ट्रको नारा लगाउँदै छन् तिनले अन्ततः परधर्मीहरूसमक्ष आत्मसमर्पण गर्नुपर्ने या देश छोड्नुपर्ने या आत्मसम्मान र आत्मरक्षाका निम्ति हतियार उठाउनुपर्ने बाहेकको विकल्प खोज्दा भेट्ने छैनन् । बहुराष्ट्रिय राज्यको वकालत गर्ने इसाइ मसिनरीसम्बद्ध व्यक्ति (जो गोरखाली मतदाताबाट चुनिएर राजनीति गर्न जनकपुरतिर पुगेका छन् लगायत) मार्फत हिन्दू र हिन्दूत्वविरुद्ध भित्रभित्रै विभिन्न परियोजना सञ्चालन गरिएका छन् । मस्टपूजक परम्परालाई बेग्लै धर्म भएको ब्याख्यासहित इसाइ लगानीमा पश्चिम नेपालतिर तिनले आफ्ना मतियारहरू परिचालन गरिरहेका छन् भने थारु र मगर समुदायमा ‘तिमीहरू हिन्दू नभएर प्रकृति धर्म मान्नेहरू हौँ’ भन्ने भ्रामक सन्देश प्रवाह गराउने काम पनि उनीहरूबाट नै भइरहेको छ ।

नेपालमा सच्चा हिन्दू धर्मावलम्बीहरू बसोबास भएकोमा शङ्का उत्पन्न गराउने काम चुनावी परिणामले पनि गरेको छ । एकासी प्रतिशत भन्दा बढी सनातनी हिन्दूहरूको बसोबास भएको देशमा नब्बे प्रतिशतभन्दा बढी मत धर्मनिरपेक्षताका पक्षधरहरूलाई प्राप्त हुनुले हिन्दूहरूको हिन्दूत्वमाथि गम्भीर प्रश्न उठाएको छ । सनातनीहरूको सहनशीलताबाट लाभ उठाउँदै बेधर्मीहरूबाट अहिले जे भइरहेको छ, त्यसलाई बुझेर समयमै प्रतिरोध गर्न सकिएन भने नेपालले अफगानिस्तानको नियति ब्यहोर्न सम्भवतः अर्को एक दशक प्रतीक्षा गर्नुपर्ने हुँदैन, जय मातृभूमि !