हरेक मुद्दामा रहश्यमयी एकत्व !

हरेक मुद्दामा रहश्यमयी एकत्व !



मुलुकमा उत्पन्न विभिन्न घटना-परिघटनामा केही व्यक्तिहरू जहिलेसुकै एउटै कित्तामा देखिनुलाई रहश्यपूर्ण मान्न थालिएको छ ।

संविधान निर्माणको कालखण्ड र त्यसयताका अनेकौँ घटनामा विभिन्न फरक पहिचानमा देखिने केही व्यक्तिहरू समान धारणासहित सार्वजनिक रूपमा प्रस्तुत हुने गरेकोले त्यसलाई रहश्यपूर्ण मानिएको हो ।

धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र, जातियतामा आधारित राज्य र समानुपातिक एवम् समावेशी अवधारणामा मात्र ती व्यक्ति एक ठाउँमा देखापरेका होइनन्, लोकमान सिंह कार्कीको अख्तियारमा नियुक्तिदेखि केपीद्वारा भएको संसद् विघटनको घटनासम्म उनीहरू एकमत भएर प्रस्तुत भए र, विद्यमान राजनीतिक उतारचढावमा पनि उनीहरू एउटै देखिएका छन् ।

काङ्ग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापा, विमलेन्द्र निधि र डा. शेखर कोइराला (पछिल्लो समयमा) तथा आङ्काजी शेर्पा, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, बाबुराम भट्टराई, रवीन्द्र मिश्र, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोविन्द केसी, कनकमणि दीक्षित, नारायण वाग्ले, दीपेन्द्र झा, कृष्ण पहाडी, तुलानारायण साह, श्याम श्रेष्ठ, प्रचण्ड, राजेन्द्र महर्जन, तुल्सी महर्जन, कृष्ण भट्टचन, हरि शर्मा, खगेन्द्र सङ्ग्रौला, कृष्ण खनाल, अमित ढकाल, कृष्ण हाछेठु, कृष्णमान श्रेष्ठ, सीके लाल र युग पाठकलगायतका व्यक्तिहरूबीच अनौठो प्रकारको एकता देखिने गरेको छ ।

खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने तथा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्ने र हटाउने प्रकरणदेखि गोपाल पराजुली र दीपकराज जोशीविरुद्ध भएका कू, संसद विघटन तथा नेकपाको स्वामित्व विषयका मुद्दासम्म उनीहरुले फरक-फरक ठाउँमा बसेर एउटै धारणाका साथ आफूलाई प्रस्तुत गरे ।

भिन्न विचार समूह र भिन्नाभिन्नै पेशागत आवरणमा भएर पनि उनीहरू प्रायः किन एउटै धारणाका साथ प्रस्तुत हुने गर्दछन् भन्ने विषयमा खोजि गरियो भने गहिरो तथ्य फेला पर्ने अनुमान आममानिसले समेत गर्न थालेका छन् ।