विचार विघटनको परिणाम

विचार विघटनको परिणाम


  • देवप्रकाश त्रिपाठी

व्यक्ति, समूह, राष्ट्र र समाजको गति, उन्नति र प्रगतिमा विचार शक्तिको भूमिका निर्णायक रहन्छ । वेदले गतिलाई सृष्टिको सामान्य नियमको रूपमा स्वीकार गरेको छ भने वेदसम्म पुग्न नसक्ने या नखोज्नेहरूले बुद्धसम्म पुगेर यही तथ्यमा सहमति जनाएका छन् । वेद र बुद्धलाई नबुझ्नेहरू चाहिँ कार्ल मार्क्सलाई गुरु थापेर संसार गतिशील भएको ब्याख्या-विश्लेषण गर्दैछन् । मिमांसा दर्शनले कारणबाट कार्यसम्मको गति पैदा गर्न अदृष्य शक्तिको मूख्य भूमिका रहने ठान्दछ । बिउबाट बिरुवामा रुपान्तरण हुनु गति हो र त्यस्तो गति शक्तिले पैदा गर्छ, जुन शक्ति अदृष्य हुन्छ भन्ने मिमांसाको निष्कर्ष हो ।

बिउमा अङ्कुरणको जस्तै अग्नीमा बल्ने र बाल्ने कार्यको कारणमा पनि अदृष्य शक्तिको निर्णायक भूमिका रहन्छ । मिमांसा दर्शनका अनुसार बिउ कारण हो र अङ्कुरण कार्य, कारणबाट कार्यसम्मको अवस्थामा पुग्न अदृष्य शक्तिले काम गरेको हुन्छ । मिमांसाको यस्तो निष्कर्षलाई न्यायदर्शनले चुनौती दिँदै भनेको छ कि कारणमा ब्यवधान पैदा नभएको अवस्थामा मात्र कार्य सम्भव हुन्छ । धान या मकैमा अङ्कुरण त्यसबेला मात्र सम्भव हुन्छ जबसम्म ती वस्तुमा निहित प्राकृतिक अवस्थामा बाधा उत्पन्न हुँदैन । धान कुटेर चामल बनेपछि या मकै भुटिएपछि तिनमा अङ्कुरणको सम्भावना रहन्न ।

एउटा बिउलाई विरुवामा परिवर्तन हुन अदृष्य शक्तिले काम गरेजस्तै मानिसको व्यक्तिगत, सामूहिक, राष्ट्रिय या सामाजिक जीवनमा परिवर्तन आउन विचार शक्तिको निर्णायक भूमिका रहन्छ । शारीरिक रूपमा वृद्धि हुने, आफैं भोजन गर्ने, निदाउने, हिँडडुल गर्ने र मैथुन क्रियामा सामेल हुनेसम्मका पशुस्तरीय कार्यमा जुन ऊर्जाले योगदान पुऱ्याएको हुन्छ त्यतिमै सीमित भएर मर्नका लागि विशेष विचारको अपरिहार्यता रहन्न । तर व्यक्तिगत, सामुहिक या राष्ट्रिय जीवनमा उन्नति-प्रगति र समृद्धि चाहनेहरूका निम्ति विचार अनिवार्य अपरिहार्यता हो ।

जनावरमा भाग लगाएर खाने गुणको अभाव रहन्छ, तर उपल्लो तहका नेपाली राजनीतिजीवीहरू भागबण्डा गरेर खान जान्दछन् । त्यसैले यिनलाई कसैले जनावर ठानेका छन् भने त्यो शतप्रतिशत गलत हो । सामान्यतया नेपाली नेताहरू भागबण्डा गरेर खान जान्दछन्, कहिलेकाहीँ भाग नमिल्दा मात्र उनीहरू विवाद र द्वन्द्वमा उत्रन्छन् । नेपालमा हाल उत्पन्न राजनीतिक तनावको मूल कारण विचारको विघटन भए पनि त्यसको प्रकट कारणचाहिँ भागबण्डामा असन्तुलन नै हो ।

एउटा मानिसले आफ्नो जीवनमा परिवर्तन भेट्नुअघि उसले परिवर्तनको विचार, योजना र कार्यक्रम निश्चित गरेको हुन्छ । कुनै मानिस वैज्ञानिक बनेको छ भने उसले वैज्ञानिक बन्नुअघि वैज्ञानिक बन्ने विचार बोकेको हुन्छ । विचार उत्पन्न भएपछि लक्ष्यप्राप्तिका नीति, योजना र कार्यक्रम स्वभाविक किसिमले तर्जुमा हुन्छन् । व्यक्तिको झैँ राष्ट्रिय जीवनमा पनि विचारको भूमिका सर्वोच्च रहन्छ । भुटिएको भकै र कुटिएको चामल रोपेर विरुवा अङ्कुरणको प्रतीक्षा गर्नु र विचारविहीन मानिसबाट जीवनमा उन्नति-प्रगतिको अपेक्षा गर्नु उस्तै हो, जुन नियति हामी वर्तमानमा ब्यहोर्दै छौँ ।

साधारण तहका मानिस आफ्नो शरीरका निम्ति बाँचेका हुन्छन् । शरीरलाई पुष्ट्याउनु, आफ्ना आँखालाई राम्रो दृष्यमा विचरण गराउनु, राम्रा बस्त्रले शरीर ढाक्नु, जिब्रो प्रशन्न हुने स्वादका खाद्य पदार्थ खोज्नु, मैथुन क्रियामा सामेल हुनु, बच्चा जन्माउनु–हुर्काउनु र यति नै कर्ममा सामेल भएर मर्नु साधारण मानिसको जीवनचक्र हो । पृथ्वीमा पैदा भएका हरेक मानिसलाई प्राणी–कोटीको यस्तो जीवन बाँच्न पाउने अधिकार रहन्छ । तर प्रकृति, पर्यावरण, पशुपन्छी, समाज र राष्ट्रकल्याणको लक्ष्य लिने मानिस निजी आकाङ्क्षाभन्दा माथि उठ्न सकेनन् भने देशले त्यस्तो स्थितिको सामना गर्नुपर्ने हुन्छ, जस्तो यतिबेला नेपालले ब्यहोर्दै छ ।

राष्ट्रसेवकका रूपमा चिनिन खोज्ने एउटा वर्ग जो आफूहरूलाई स्थायी सरकारसमेत भन्न मन पराउँछ, उनीहरू पियनदेखि प्रमुख सचिवको जिम्मेवारीमा पुग्दासमेत तलब वृद्धि, ग्रेड, बढुवा, राम्रो (कमाइदार) स्थानमा सरुवा, अवकाशपछि संवैधानिक या अन्य कुनै नियुक्ति, परिवार-सुख, सन्तानलाई समृद्ध मुलुकको भिसाप्राप्तिको लक्ष्यकै वरिपरि घुमिरहेका हुन्छन् । कुनै कर्मचारी असल र उल्लिखित वर्णनभन्दा भिन्न छन् भने त्यो अपवाद हो । होइन भने आमकर्मचारी राष्ट्रसेवकको आवरणमा जीवनभर आफ्नै मात्र सेवामा तल्लीन रहेका भेटिन्छन्दे-खिन्छन् ।

विचारविहीनताले दलहरूको चरित्र र व्यवहारमा अन्तरभन्दा बढी समानताको विकास गरेको छ । त्यसैले अघिल्लो साँझसम्म काङ्ग्रेसविना देश र प्रजातन्त्र बाँच्न नसक्ने मन्तव्य दिइरहेका मानिस भोलिपल्ट बिहानै कम्युनिष्ट बन्न सङ्कोच मान्दैनन् र अघिल्लो दिनसम्म कम्युनिष्ट र क्रान्तिको गीत गाइरहने व्यक्ति अर्को दिन काङ्ग्रेसको मञ्चमा भेटिन्छन् । अझ कतिपय मानिस त प्रचण्डहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएकोले काङ्ग्रेस बनेको र, शेरबहादुरहरूले धर्मसापेक्ष राष्ट्र र अखण्डित एवम् एकीकृत सार्वभौमिकता तथा संवैधानिक राजतन्त्रविपरित सिद्धान्त–विचार अवलम्बन गरेकोले कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुपरेको अवस्थामा पनि भेटिएका हुन्छन् ।

विचारमा विकार नभइदिएको भए सम्भवतः हामीले यस प्रकार आत्मकेन्द्रित, कामचोर, नकारात्मक, भ्रष्ट र जनविरोधि ‘राष्ट्रसेवक’हरूको सामना गर्नैपर्ने थिएन, शक्तिको जुत्ता पुछेको र सामथ्र्यहीनहरूलाई जुत्ता पुछाएको दृष्य हामीले हेरिरहनु नपर्ने हुन सक्थ्यो । सरकारी सेवामा प्रवेश गर्नुलाई विपन्न मुलुकमा रोजगारी (जागीर) का रूपमा लिइन्छ । रोजगारी भन्नेबित्तिकै कमाइको साधन ठान्नुपर्छ, जब कुनै व्यक्ति कमाउनका निम्ति रोजगारीमा हुन्छ भने उसको ध्यान सेवामा कहिल्यै केन्द्रीत हुन सक्दैन, केवल कमाउनु र आफ्नो एक थान परिवारको पालनपोषण गर्नु नै त्यस्ता मानिसको अभीष्ट हुन्छ । परिचय राष्ट्रसेवकको खोज्ने, तर विचारचाहिँ आफूभन्दा माथि उठ्न नखोज्ने स्तरको भएकैले नेपालको प्रशासन राष्ट्रहितअनुरुप हुन नसकेको हो ।

पर्यावरण, पशुपन्छी, अन्तरिक्ष, नदीनाला, वन र समग्र प्रकृतिसहित मानव कल्याणको विचारलाई राजनीति भनिन्छ र, शिक्षा, स्वास्थ्य, जलवायु, उद्योग, कृषि व्यापार, सेवा, साहित्य, पर्यटन, कला, कानून, आवागमन र व्यवस्थापनलगायत सबै क्षेत्रको नीति र व्यवस्थामा सर्वोच्च एवम् सर्वोपरि भूमिका निर्वाह गर्ने भएकोले नै राजनीतिको विशेष स्थान बन्न गएको हो । विचारविना राजनीति असम्भव मानिन्छ, कदाचित राजनीति विचार प्रधान बन्न सकेन भने त्यो कम्तिमा व्यापार र बढीमा अपराध कर्मभन्दा भिन्न हुने छैन । त्यसैले हुन सक्छ पूर्वीय सभ्यतामा राजनीतिको शुद्धताका निम्ति अनेकौँ शास्त्रहरूमा राजनीतिकर्मीको आचार-व्यवहारबारे वर्णन भएको पाइन्छ । महाभारतमा ‘राजधर्मको बयान’ शीर्षकमा उल्लिखित ब्यहोरादेखि कौटिल्यको अर्थशास्त्रसम्मको अध्ययन गर्दा राजनीतिको मर्म र अर्थ अनुभूत गर्न सकिन्छ । पश्चिमा दार्शनिक प्लेटोले आदर्श राज्यको परिकल्पना गर्नु र राज्यसञ्चालकहरू दार्शनिक चेतका मानिस हुनुपर्छ भन्नुको अर्थ खोजियो भने पनि त्यो वैचारिक शुद्धताका निम्ति गरिएको असल प्रयत्न भएको बुझिन्छ ।

नेपाली राजनीति केही दशकयता विचारविहीन दस्ताहरूको कब्जामा परेको छ । विचारका दृष्टिले साम्यवाद कति ठीक, प्रजातन्त्रवाद कति उपयुक्त, या नियन्त्रित राज्य प्रणाली कति उचित भन्ने प्रश्नमा छलफल गर्न सकिन्छ । तर नेपालमा पञ्चायती व्यवस्था रहँदा पञ्चहरू पञ्चजस्ता थिएनन्, खासगरी पञ्चायतको दोस्रो दशकदेखि नै पञ्चहरूबाट पञ्चभाव गायब भएको महसुस गरिन्थ्यो । २०४६ को परिवर्तनदेखि यहाँसम्म आइपुग्दा प्रजातन्त्र पक्षधर भएको दाबी गर्नेहरू प्रजातन्त्रवादी जस्ता देखिन छोडेका छन् र कम्युनिष्ट (साम्यवादी)हरू कम्युनिष्ट जस्ता छैनन् । इतिहासमा जुन विचार समूहलाई जसरी बुझिन्थ्यो वर्तमानमा ती त्यस्तै छैनन् । नाम बेग्लै भए पनि तिनको सोच एउटै, खाने तरिका उस्तै, व्यवहार कार्यशैली उस्तै, लक्ष्य र गन्तव्य एउटै, ठ्याक्कै व्यापारी जस्ता नेता, अपराधीजस्ता महानेता र लठैत जस्ता कार्यकर्ता भएका अनेक समूहहरू यतिबेला नेपाली राजनीतिमा आफ्नो धाक-रवाफ जमाउँदै छन् ।

पर्यावरण, पशुपन्छी, अन्तरिक्ष, नदीनाला, वन र समग्र प्रकृतिसहित मानव कल्याणको विचारलाई राजनीति भनिन्छ र, शिक्षा, स्वास्थ्य, जलवायु, उद्योग, कृषि व्यापार, सेवा, साहित्य, पर्यटन, कला, कानून, आवागमन र व्यवस्थापनलगायत सबै क्षेत्रको नीति र व्यवस्थामा सर्वोच्च एवम् सर्वोपरि भूमिका निर्वाह गर्ने भएकोले नै राजनीतिको विशेष स्थान बन्न गएको हो । विचारविना राजनीति असम्भव मानिन्छ, कदाचित राजनीति विचार प्रधान बन्न सकेन भने त्यो कम्तिमा व्यापार र बढीमा अपराध कर्मभन्दा भिन्न हुने छैन । त्यसैले हुन सक्छ पूर्वीय सभ्यतामा राजनीतिको शुद्धताका निम्ति अनेकौँ शास्त्रहरूमा राजनीतिकर्मीको आचार–व्यवहारबारे वर्णन भएको पाइन्छ ।

जनावरमा भाग लगाएर खाने गुणको अभाव रहन्छ, तर उपल्लो तहका नेपाली राजनीतिजीवीहरू भागबण्डा गरेर खान जान्दछन् । त्यसैले यिनलाई कसैले जनावर ठानेका छन् भने त्यो शतप्रतिशत गलत हो । सामान्यतया नेपाली नेताहरू भागबण्डा गरेर खान जान्दछन्, कहिलेकाहीँ भाग नमिल्दा मात्र उनीहरू विवाद र द्वन्द्वमा उत्रन्छन् । नेपालमा हाल उत्पन्न राजनीतिक तनावको मूल कारण विचारको विघटन भए पनि त्यसको प्रकट कारणचाहिँ भागबण्डामा असन्तुलन नै हो ।

कुनै समय काङ्ग्रेस पार्टीले एउटा निश्चित विचारको प्रतिनिधित्व गर्दथ्यो । लोककल्याणकारी राज्यव्यवस्था, राष्ट्रियता, अखण्डता, धार्मिक, सांस्कृतिक एवम् पारम्परिक मूल्य-मान्यताहरूको संरक्षण, संवैधानिक राजतन्त्र, एकीकृत सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलवादमा आधारित संसदीय प्रजातन्त्र, आर्थिक स्वतन्त्रतासहितको समृद्धि, समाजवादी आर्थिक कार्यक्रम, अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिएको दलका रूपमा काङ्ग्रेसलाई किन चिनिन्थ्यो भने उसले अङ्गिकार गरेको विचार नै त्यही थियो । त्यस्तै, पृथ्वीबाट देश (राज्य) हरूको अस्तित्व नामेट गरी सिङ्गै पृथ्वीलाई मानिसको साझा घरमा रुपान्तरण गर्ने साम्यवादी व्यवस्था, अन्तर्राष्ट्रवादमा आधारित सोच, व्यवहार र संस्कृतिको विकास, धन-सम्पत्ति सङ्ग्रहलाई निषेध, जातीय-क्षेत्रिय र लैङ्गिक असमानताको अन्त्य, वर्गविभेदको समाप्ति, सबै धार्मिक, सांस्कृतिक र पारम्परिक व्यवस्थाको बिसर्जन गरी साम्यवादी संस्कृतिको विकास, मानिसबीचका सबै प्रकारका विभेदहरूको अन्त्य गर्दै श्रमलाई उच्चतम सम्मान गर्ने समतामुखी समाज निर्माण जस्ता कुराहरूलाई आफ्नो अभीष्ट बनाएका साधारण जीवनशैलीका मानिसहरूको समूहलाई कुनैबेला कम्युनिष्ट भनेर चिनिन्थ्यो । तर अहिले प्रजातन्त्रवादीहरू प्रजातन्त्रवादी जस्ता नभएझैँ कम्युनिष्ट पनि कम्युनिष्ट जस्ता छैनन् । सत्ता र भत्ता स्वार्थलाई सबैले आफ्नो प्राथमिकतामा राखेका छन् । एउटा पार्टीको सदस्य बनेर अर्को पार्टीका उम्मेदवारलाई मतदान गर्ने अराजक व्यवहार एक समय व्यक्तिमा सीमित थियो, पछिल्लो समयमा स्वार्थअनुरुप सहमति बन्ने र सहमति बनेपछि नितान्त भिन्न विचार-समूहलाई मतदान गर्न आफ्नो कार्यकर्ता र समर्थकलाई पशुवत ढङ्गले बाध्य तुल्याइने परम्पराको विकास भएको छ ।

विचारविहीनताले दलहरूको चरित्र र व्यवहारमा अन्तरभन्दा बढी समानताको विकास गरेको छ । त्यसैले अघिल्लो साँझसम्म काङ्ग्रेसविना देश र प्रजातन्त्र बाँच्न नसक्ने मन्तव्य दिइरहेका मानिस भोलिपल्ट बिहानै कम्युनिष्ट बन्न सङ्कोच मान्दैनन् र अघिल्लो दिनसम्म कम्युनिष्ट र क्रान्तिको गीत गाइरहने व्यक्ति अर्को दिन काङ्ग्रेसको मञ्चमा भेटिन्छन् । अझ कतिपय मानिस त प्रचण्डहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएकोले काङ्ग्रेस बनेको र, शेरबहादुरहरूले धर्मसापेक्ष राष्ट्र र अखण्डित एवम् एकीकृत सार्वभौमिकता तथा संवैधानिक राजतन्त्रविपरित सिद्धान्त-विचार अवलम्बन गरेकोले कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुपरेको अवस्थामा पनि भेटिएका हुन्छन् ।

व्यक्ति, समूह, राष्ट्र र समाजको गति, उन्नति र प्रगतिमा विचार शक्तिको भूमिका निर्णायक रहन्छ । वेदले गतिलाई सृष्टिको सामान्य नियमको रूपमा स्वीकार गरेको छ भने वेदसम्म पुग्न नसक्ने या नखोज्नेहरूले बुद्धसम्म पुगेर यही तथ्यमा सहमति जनाएका छन् । वेद र बुद्धलाई नबुझ्नेहरू चाहिँ कार्ल मार्क्सलाई गुरु थापेर संसार गतिशील भएको ब्याख्या–विश्लेषण गर्दैछन् । मिमांसा दर्शनले कारणबाट कार्यसम्मको गति पैदा गर्न अदृष्य शक्तिको मूख्य भूमिका रहने ठान्दछ । बिउबाट बिरुवामा रुपान्तरण हुनु गति हो र त्यस्तो गति शक्तिले पैदा गर्छ, जुन शक्ति अदृष्य हुन्छ भन्ने मिमांसाको निष्कर्ष हो ।

तीन दशक अघिसम्म काङ्ग्रेस र कम्युनिष्टलाई विचार समूहका रूपमा बुझिन्थ्यो भन्दैमा अहिले पनि सोही किसिमले बुझाइमा निरन्तरता दिनु भनेको आफैंलाई मुर्ख बनाउनु या भ्रममा राख्नु हो । कम्युनिष्टका नाममा अन्य विचार, सिद्धान्त र व्यवहार परित्याग गरे पनि प्रचण्डहरूले समाजवाद (एकदलीय अधिनायकवाद) लाई परित्याग गर्न सकेका छैनन् । केपी ओली कुनै हालतमा पनि एकदलीय अधिनायकत्वमा जान नचाहने र, त्यसनिम्ति आफूलाई सत्ता हस्तान्तरण गर्न पनि तयार नहुने देखिएपछि उत्पन्न भएको सत्ता-सङ्घर्षले नेपाली राजनीतिलाई अनिश्चितताको चौरास्तामा ल्याइपुऱ्याएको छ । अबका पौने दुई वर्षसम्म केपी नै प्रधानमन्त्री रहे पनि उनले काम गर्न पाउने छैनन् र, अरु कोही प्रधानमन्त्रीमा दोहोरिए पनि तिनले ‘लिकआउट’ भएको राजनीतिलाई ‘लिक’मा ल्याउने विश्वासका कुनै आधार छैनन् ।

जसरी कर्मचारीहरू आफूलाई बदल्न तयार छैनन्, त्यसैगरी राजनीतिजीवीहरू पनि बदलिने मानसिकतामा देखिएनन् र, अर्को तथ्य जनतासमेत बदलिने चेत राख्दैनन् । जब नेता, प्रशासक र जनता (मतदाता) कोही पनि बदलिन तयार छैनन् भने देश मात्र कसरी बदलिन सम्भव होला ? हो, यही (२०७२) संविधान, यिनै नेता, यस्तै नीति र कर्मचारी प्रशासन तथा यही चेतनास्तरका जनता रहेसम्म देशमा सकारात्मक परिवर्तनको सम्भावना असम्भव छ ।

विद्यमान राजनीतिक स्थितिले मुलुकलाई फेरि पनि संसद् विघटन हुँदै संसदीय निर्वाचनसम्म पुऱ्याउने सङ्केत त दिएको छ, तर पुरानालाई नछोड्ने र नयाँलाई नरोज्ने नेपाली मानसिकताले देशलाई अहिलेकै जस्तो अन्योल र अस्थिरतालाई निरन्तरता दिनेमा शङ्का गरिरहनु पर्ने छैन । यही स्तरको अन्यौल र अस्थिरताले राजनीतिक प्रणाली मात्र बदल्ने हो या राष्ट्रिय अस्तित्वमाथि नै चुनौती थप्ने हो, यो दुःखद प्रतीक्षाको विषय बनेको छ । जय मातृभूमि !