दुई विष्मयकारी घटनामा ऋषि कट्टेलको नाम !

दुई विष्मयकारी घटनामा ऋषि कट्टेलको नाम !



वामपन्थी कम्युनिष्ट आन्दोलनमा ऋषि कट्टेल स्थापित नाम होइन । तर गोरखाका यी ऋषिको नाम कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित दुई ठूला घटनासँग जोडिएका छन् ।

२०५० सालको जेठ ३ गते एमाले महासचिव मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा परि निधन भएको घटनामा पनि ऋषि कट्टेलको नाम निकै चर्चामा आएको थियो । कम्युनिष्ट आन्दोलनमा निकै ठूलो तरङ्ग पैदा गरेको उक्त घटनामा ऋषिको नाम मदनको सहयात्रीका रूपमा जोडिएको थियो ।

त्यस दिन मदन भण्डारी र जीवराज आश्रितसँगै पोखराबाट ऋषि कट्टेल गाडीमा आएका थिए र आँबुखैरेनीमा कट्टेललाई ओरालेर मदन मुग्लिन हुँदै चितवनतर्फ लागेका थिए । मदन चढेको गाडी दुर्घटनामा परेलगत्तै ऋषिको ब्यापक खोजी भएको थियो । अहिले ऋषि कट्टेलले आफ्नो पार्टीको स्वामित्व पाउँदा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई तरङ्गित तुल्याउने घटना भएको छ । र, करिव २८ वर्षपछि मानिसहरूले पुनः ऋषिको खोजी गर्न थालेका छन् ।

यही घटनाका कारण ऋषिनेतृत्वको नेकपा ‘मुसा मोटाएझैँ’ बढ्ने सम्भावना एकातिर देखिएको छ भने अर्कोतर्फ प्रचण्ड-माधवको राजनीतिलाई गम्भीर धक्का पुगेको छ ।