३ बैशाख २०७८, शुक्रबार

काठमाडौं मेयर कप क्रिकेट : एपीएफ क्लब एक विकेटले विजयी

  प्रकाशित मिति
२२ फाल्गुन २०७७, शनिबार १५:०५



काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको हो ।

टस जितेर एपिएफ क्लबले फिल्डिङ राजेपछि आर्मीले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको क्षतिमा २३५ रन बनायो । दुई सय ३६ रनको विजय लक्ष्य एपिएफले अन्तिम ओभरको दुई बल बाँकी छँदै नौ विकेटको क्षतिमा पूरा गर्‍यो । दुई सय ३६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफका लागि सुमित महर्जनले ६०, वसन्त रेग्मीले ४९, अमरसिंह रौटेलाले ३८, शङ्कर रानाले ३३, आशिफ शेखले १२ र भुवन कार्कीले १० रन बनाए ।

बलिङतर्फ त्रिभुवन आर्मी क्लबका विक्रम शोवले तीन, करन केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बलमे एक-एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ५६, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८, भीम सार्कीले १८, राजेश पुलामीले १७, तथा कुशल मल्लले ११ रनको योगदान दिए । बलिङतर्फ एपीएफका अविनाश बोहराले तीन, अमरसिंह रौटेला र भुवन कार्कीले दुई-दुई तथा कमलसिंह ऐरी र वसन्त रेग्मीले एक-एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच एपिएफ क्लबका वसन्त रेग्मी घोषित भए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।