पोलार्डले एकै ओभर प्रहार गरे ६ छक्का

पोलार्डले एकै ओभर प्रहार गरे ६ छक्का


वेष्टइन्डिज क्रिकेट टीमका कप्तान केरोन पोलार्डले एक ओभर ६ छक्का प्रहार गरेका छन् । एन्टीगामा भएको श्रीलंकाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता पोलार्डले यस्तो उपलब्धि हासिल गरेका हुन् । पोलार्ड श्रीलंका खेलाडी अकिला धनञ्जयको एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

पोलार्डले ६ छक्का प्रहार गर्नुअघि धनञ्जयले ह्याट्रिक गरेका थिए । उनले तीन बलमा वेष्टइन्डिजका तीन खेलाडी इविन लुइस, क्रिस गेल र निकोलस पुरनलाई आउट गरेका थिए । यसपछि मैदानमा उत्रिएका पोलार्डले यस्तो कमाल देखाएका थिए ।

यो उत्कृष्ट प्रदर्शनसँगै एकै ओभरमा ६ छक्का प्रहार गर्ने पोलर्ड टी-२० क्रिकेटमा दोश्रो खेलाडी बनेका छन् । यस भन्दाअघि २००७ को टी-२० विश्वकपमा भारतका खेलाडी युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए । युवराजले स्टुअर्टको एकै ओभरमा यस्तो कारनामा गरेर देखाएका थिए ।

पोलार्ड अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । दक्षिण अफ्रिका खेलाडी हर्सल गिब्सले २००७ को विश्वकप क्रिकेटमा निदरल्याण्डका विरुद्ध ६ छक्का प्रहार गरेका थिए । गिब्सले नेदरल्याण्डका खेलाडी डेन वेन वन्जको एक ओभरमा यस्तो प्रदर्शन गरेका हुन् ।