आगलागीबाट होटलमा ४० लाख बराबरको क्षति

आगलागीबाट होटलमा ४० लाख बराबरको क्षति



तनहुँको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

होटलको पहिलो तलामा रहेको आगन्तुक कक्ष जलेर पूर्णरूपमा क्षति भएको उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले आगलागीबाट मानवीय क्षति भने नभएको र होटलमा रहेका केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताए ।

pict:rss