गुल्मीमा विभत्स अवस्थामा युवतीको शव फेला

गुल्मीमा विभत्स अवस्थामा युवतीको शव फेला



विशेष प्रतिनिधि, गुल्मी

गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव विभत्स अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

डीएसपी पाण्डेका अनुसार बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो ।

स्थनीय लालबहादुर खत्रीले घाँस काट्ने क्रममा शवको गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान खुलिसकेको छैन ।