नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले जनाएको छ ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनको प्रभावशाली विपक्षी नेता नाभाल्नीलाई जर्मनीबाट करिब पाँच महिनाको उपचारपछि स्वदेश फर्किएपछि राज्यसँग उनले गर्नुभएको प्रतिबद्धतालाई उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतबाट यसै महिना २.५ वर्षको जेल सजाय तोकिएको थियो ।

धेरै दिनसम्म नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई समेत उनलाई कहाँ राखिएको भन्ने जानकारी क्रेमलिनले गराएको थिएन । फेडरल जेल सर्भिसका प्रमुखले भनेका छन्, ‘शुक्रबारका नाभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’मा सारिएको छ ।’ यद्यपि उनले नाभाल्नीबारे अन्य विवरणहरू उपलब्ध नगराएका एएफपीले जनाएको छ ।

नाभाल्नीको सम्भावित स्थानको बारे साताको अन्त्यमा स्थानीय मिडियामा अज्ञात स्रोतका आधारमा रिपोर्टहरू प्रसारित गरिएको थियो । यसभन्दा अघि मस्कोको सार्वजनिक आयोगले आइतबार विज्ञप्तिमा भन्यो कि विपक्षी व्यक्तित्व भ्लादिमीर क्षेत्रको एक संघीय जेल सेवा संस्थामा छ ।

नाभाल्नीलाई केही दिन क्वारेन्टिइनमा राखिने र त्यसपछि ‘पेनल कालोनी’मा सारिने बताइएको छ ।

ज्ञात रहेस्, नाभाल्नी मस्कोका लागि उडेको एक आन्तरिक उडानमा रहेका समय जटिल बिरामी परेपछि जर्मनी लगिएको थियो । जर्मनीमा गरिएको परीक्षणमा उनलाई सोभियतकालीन विषाक्त पदार्थ दिइएको दाबी गरिएको थियो । जर्मनीमा उपचार र करिब पाँच महिना बसाइँपछि उनी गत महिना स्वदेश फर्किनुभएको थियो ।

नाभाल्नीले आफूलाई उक्त घातक विषाक्त सेवन गराउनुमा राष्ट्रपतिको संलग्नता रहेको दाबी गर्दै आएका छन् भने क्रेमलिनले दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।