जापानमा कोरोनाका कारण टाट पल्टिने कम्पनीको संख्याले रेकर्ड कायम गर्‍यो

जापानमा कोरोनाका कारण टाट पल्टिने कम्पनीको संख्याले रेकर्ड कायम गर्‍यो


  • विशेष प्रतिनिधि, जापान

फेब्रुवरी महिनामा जापानमा कोरोना भाइरस महामारीका कारण टाट पल्टिने कम्पनीको संख्याले रेकर्ड बनाएको छ । संख्याको आधारमा फेब्रुवरीमा १२६ कर्पोरेट कम्पनी टाट पल्टिएका छन् । यसमा रेष्टुरेण्ट तथा पहिरन कम्पनीहरुको संख्या उच्च रहेको छ ।

टोकियो शोको रिसर्च नामक एक क्रेडिट कम्पनीले गरेको अनुसन्धानमा गत वर्ष फेब्रुवरीमा कोरोना भाइरसको प्रकोप शुरू भएदेखि यता टाट पल्टिने कम्पनीको संख्या १,१०८ पुगेको छ । धेरै कम्पनीहरु सार्वजनिक सहयोगका उपायहरुमा निर्भर रहेर महामारीबाट उम्कने प्रयासमा छन् तर संक्रमणको असर लम्बिदै जाँदा टाट पल्टिने कम्पनीको संख्या पनि बढिरहेको छ ।

ऋण तिर्न नसकेरै खाने, पिउने उद्योगसँग सम्वन्धित १९४ प्रतिष्ठानहरु टाट पल्टिएका छन् । यो क्षेत्रगत आधारमा सबैभन्दा धरै संख्या हो ।

कोरोना संक्रमण बढेपछि आपतकाल घोषणा गरिएका टोकियो सहितका ११ प्रान्तमा यसको संख्या अधिक छ, जहाँ रेष्टुरेण्ट लगायतका व्यवसाय रात ८ बजे बन्द गर्न तथा मानिसहरुलाई अनावश्यक बाहिरि यात्रा नगर्न अनुरोध जारी गरिएको छ । कपडा उत्पादक र खुद्रा बिक्रेता, पहिरन उद्योग लगायतका १०२ वटा कम्पनी टाट पल्टिएका छन् ।

यसबाहेक ९७ आवास उद्योग समेत कम्पनी टिकाउन नसकेर टाट पल्टिएको पाइएका छन क्षेत्र अनुसार टोकियोमा सबैभन्दा धेरै २७१ कम्पनी टाट पल्टिएका छन् । यसैगरी ओसाकामा १०६ कम्पनीले कोरोना महामारीको चपेटाले आफुटाट पल्टिएको घोषणा गर्दै निवेदन पेश गरेका छन् ।