३ बैशाख २०७८, शुक्रबार

शिक्षकले पाएनन् तलब, विद्यार्थीले गरे तालाबन्दी !

  प्रकाशित मिति
१३ फाल्गुन २०७७, बिहीबार ०४:३०



शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।

विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेका बताइएको छ ।

कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीको भनाइ छ । विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका र तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिए ।

विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक शिवनारायण यादवको दुःखेसो छ भने विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएको गुनासो गरेका छन् ।

कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान