३ बैशाख २०७८, शुक्रबार

उपभोग्य मिति समाप्त भएको दाल बिक्री गर्नेलाई तीन लाख जरिवाना

  प्रकाशित मिति
१३ फाल्गुन २०७७, बिहीबार ०४:०५



उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई तीन लाख जरिवाना गरिएको छ ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७०० बोरा बरामद भएको छ ।

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री वितरण गर्ने गरेको अनुगमनका क्रममा फेला परेको थियो ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार भारतबाट आयात गरिएको उक्त दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ ।

उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो ।

बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् । बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ । व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल (स्टिकर) राखेर दाल बजार पठाउने कार्य गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान