खेलकुदमार्फत् विद्यार्थीहरुको बहुआयामिक विकास कार्य

खेलकुदमार्फत् विद्यार्थीहरुको बहुआयामिक विकास कार्य


आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको सीमावर्ती गाउँपालिकाहरुमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुको बहुआयामिक विकास कार्यलाई प्राथमिकता दिन थालिएको छ।

प्रतापपुर गाउँपालिकाअन्तर्गत पर्ने डम्बरबहादुर आधारभुत विद्यालय पिपरपातिको आयोजनामा अन्तरगाउँपालिकास्तरीय आधारभुत खेल प्रतियोगिता सम्पन्न भएको छ । पालिकाअन्तर्गतका सामुदायिक र निजी विद्यालय समेत ४७ विद्यालयहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिताको समापन समारोहमा लुम्बिनी प्रदेशका सांसद् अजयबहादुर शाहीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बाहली गरेर स्वागतयोग्य काम गरेको छ भन्दै पुनर्बहाली कार्यले नेपाली जनताको जित भएको जिकिर गरे । सांसद शाहीले निकट भविष्यमा प्रतापपुर गाउँपालिकामै खेलको लागि स्टडियम र अस्पताल निर्माण कार्यप्रति आफ्नो प्राथमिकता रहने बताए।

खेल प्रतियोगितामा ३०० छात्रछात्राहरुको सहभागिता रहेको र करिब डेढ दर्जन खेलहरु खेलाइएको खेलकुद समितिका सचिव अभिनन्दन सिंहले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेस सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।