एकोहोरा नेपालीको दोहोरो चरित्र

एकोहोरा नेपालीको दोहोरो चरित्र


  • देवप्रकाश त्रिपाठी

नेपालमा ९७ प्रतिशत भन्दा बढी मानिस विभिन्न धार्मिक समुदायसम्बद्ध भएको जनगणनाको तथ्याङ्कले देखाउँछ, तर ९५ प्रतिशतभन्दा ज्यादा मत धर्मनिरपेक्षताको पक्षधर दलहरूलाई प्राप्त हुँदै आएको छ । २०६८ को जनगणनाले मुलुकमा सनातनी वैदिक हिन्दु धर्मावलम्बीहरूको मात्र ८१.३ प्रतिशत सङ्ख्या भएको प्रमाणित गरेको छ । हिन्दू राष्ट्रको पहिचान मेटेर धर्मनिरपेक्ष बनाइँदा कम्तिमा हिन्दु धर्मावलम्बीहरूलाई दुख्नुपर्ने थियो, आश्चर्यजनक किसिमले दुःखेन या दुःख प्रकट भएन ! धर्मनिरपेक्ष संविधान बनाउन मूख्य भूमिका निर्वाह गर्ने कमल थापादेखि सुशील कोइराला र रामचन्द्र हुँदै प्रचण्डसम्मको समूहलाई हात नकमाइकन मतदान गर्नेहरू वास्तवमा नक्कली हिन्दु हुन् कि नक्कली धर्मनिरपेक्षताका पक्षधर भन्ने गम्भीर प्रश्न उठेको छ ।

के दोहोरो चरित्रको मानक कायम गर्ने मानिसहरूको देश स्रसारमै नेपाल मात्र हो ? के नेपालीहरू सबै भटमास हुन्, जो बाहिरबाट हेर्दा ‘एउटा सग्लो’ र भित्रपट्टी ‘दुई वटा’ भएर बसेका हुन्छन् ? देशले राम्रो नेतृत्व र उज्यालो भविष्य नभेटेकोमा अहोरात्र चिन्ता गर्ने हामीले आफ्नो समीक्षा गर्न विलम्ब भइसकेको परिप्रेक्ष्यमा अलिकति दूरी बनाएर हामीले आफैंलाई हेर्दा कस्ता देखिन्छौँ, यहाँ त्यसैको चित्रण गर्ने प्रयास भएको छ ।

धर्मको सवालमा मात्र होइन, अनेकौँ राजनीतिक मुद्दामा पनि देखाउने र बोक्ने फरक–फरक व्यवहार प्रस्तुत भइरहेका हुन्छन् । आम रूपमा नेपालीको दोहोरो चरित्र प्रकट हुने गरेका अनेकौँ दृष्टान्त हाम्रा अघिल्तिर छन् । हरेक नेपाली भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्ध कठोर देखिन्छन्, तर भ्रष्टाचार गर्ने मौका नपाएर इमानदार बन्न बाध्य मानिसको सङ्ख्या अधिक रहेको व्यवहारहरूबाट बुझ्न सकिन्छ । त्यस्ता मानिस पनि भ्रष्टाचार र भ्रष्टाचारीका चरम विरोधी छन् जो त्यस्तो परिवारसँग नाता-साइनो जोड्न हरदम प्रयत्नशील रहन्छन् । कुनै त्यस्तो व्यक्ति नेपालमा अहिलेसम्म भेटिएका छैनन्, जसले अदृष्य कमाइबाट (भ्रष्टाचार गरेर) धनाढ्य बनेको परिवारसँग वैवाहिक सम्बन्ध जोड्न अस्विकार गरेको होस् या सामाजिक सम्बन्ध तोड्न चाहेको होस् । भ्रष्टाचार र भ्रष्टाचारीको सर्वाधिक विरोध हुने यो देशमा अहिलेसम्म कुनचाहिँ त्यस्ता पात्र भ्रष्टाचारी सामाजिक प्रतिष्ठा प्राप्त गर्नबाट वञ्चित रहेको छ, कुनचाहिँ सामाजिक बहिष्करणमा परेका छन् ?

संसदको कार्यकाल तीन वर्ष पूरा भएपछि दुई-दुई पटक संसद विघटन गराउने काङ्ग्रेस पार्टी नै यतिबेला संसद विघटनविरुद्ध उभिँदा पनि नेपालीहरूको दोहोरो चरित्र उजागर भएको छ र संसदीय प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष गर्नेहरू घुमिफिरी संसदीय प्रजातान्त्रिक अभ्यासमै सामेल भएर पनि क्रान्तिका भ्रान्तिपूर्ण गफ दिन नछोड्नुले कम्युनिष्टहरूको अनेकमुखे चरित्रको पनि खुलासा गरिरहेको छ ।

भ्रष्टाचार नै गरेर भए पनि कमाइ गर्नेहरूप्रति नेपाली समाज सम्मानभाव राख्न कञ्जुस्याइँ गर्दैन । बिहान-बेलुका अनुचित कमाइबाट आर्जित भोजन गरेर दिउँसो भ्रष्टाचारविरुद्धको सभा, सेमिनार या जुलुसमा सहभागी हुने आमनेपालीको प्रवृत्ति हो । धुपबत्तिसहित पूजा सामाग्री बोकेर मन्दिर जाने र भगवानसँग सूरक्षित किसिमले चोरी गर्न पाइयोस् भनी माग गर्ने नेपाली मात्र हुन्छन् भन्ने होइन, तर त्यस्ता मानिस नेपाली पनि हुन् । धार्मिक देखिन मन्दिर जानु र भगवानसँग अनुचित माग राख्नुलाई पनि दोहोरो चरित्रकै उपज मानिन्छ ।

नेपालमा सबै नेपाली आफू राष्ट्रप्रेमी देशभक्त भएको दाबी गर्छन् । सभा, सेमिनार र त्यस्तै सार्वजनिक कार्यक्रमहरूमा राष्ट्रप्रेमको गीत गाएर नथाक्नेहरू छोराछोरीका निम्ति युरोप अमेरिकाको भिसा पाउन ढोका-ढोकामा धाइरहेका भेटिन्छन्, बुढेशकालमा आफूसमेत ‘उतै’ सेटल हुन जाने सपना साँचिरहेका हुन्छन् । जातिवाद र क्षेत्रियतावादका विरुद्ध उभिएर देखाउनेहरू समेत आफ्नो हित देखेपछि जातीय र क्षेत्रिय आरक्षणका पक्षमा कुर्लन थाल्छन् ।

प्रजातन्त्रमा ताजा जनादेश सदैव सुन्दर पक्ष मानिन्छ, तर नेपालमा आफ्नो हितप्रतिकुल हुने देखिए ताजा जनादेशमा जाने कुराको समेत विरोध हुने गर्छ । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलगायतले स्थापना गरेको काङ्ग्रेस पार्टीले कुनै बेला नेपालको एक मात्र प्रजातान्त्रिक पार्टीको परिचय बनाएको थियो । विगत डेढ दशकदेखि बामपन्थी भूमिका निर्वाह गर्दै आएर पनि उसले आफूलाई प्रजातन्त्रवादी दाबी गर्न छोडेको छैन र, निर्लज्ज ढङ्गले ताजा जानादेशप्रति असहमति जनाउन पनि सङ्कोच मान्दैन । संसदको कार्यकाल तीन वर्ष पूरा भएपछि दुई-दुई पटक संसद विघटन गराउने काङ्ग्रेस पार्टी नै यतिबेला संसद विघटनविरुद्ध उभिँदा पनि नेपालीहरूको दोहोरो चरित्र उजागर भएको छ र संसदीय प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष गर्नेहरू घुमिफिरी संसदीय प्रजातान्त्रिक अभ्यासमै सामेल भएर पनि क्रान्तिका भ्रान्तिपूर्ण गफ दिन नछोड्नुले कम्युनिष्टहरूको अनेकमुखे चरित्रको पनि खुलासा गरिरहेको छ ।

बिहान-बेलुका अनुचित कमाइबाट आर्जित भोजन गरेर दिउँसो भ्रष्टाचारविरुद्धको सभा, सेमिनार या जुलुसमा सहभागी हुने आमनेपालीको प्रवृत्ति हो । धुपबत्तिसहित पूजा सामाग्री बोकेर मन्दिर जाने र भगवानसँग सूरक्षित किसिमले चोरी गर्न पाइयोस् भनी माग गर्ने नेपाली मात्र हुन्छन् भन्ने होइन, तर त्यस्ता मानिस नेपाली पनि हुन् । धार्मिक देखिन मन्दिर जानु र भगवानसँग अनुचित माग राख्नुलाई पनि दोहोरो चरित्रकै उपज मानिन्छ ।

काङ्ग्रेसमा यतिबेला जसले ताजा जनादेशमा जाने कदमको विरोध गरिरहेका छन्, यिनको हातमा पार्टीको सत्ता आइसकेको स्थिति हुन्थ्यो भने संसद् विघटन र मध्यावधि निर्वाचनको स्वागतमा बाह्र फिट माथि उफ्रने पनि यिनै हुने थिए । २०७८ भाद्रभित्रै पार्टीको महाधिवेशन गराउने, महाधिवेशनबाट नेतृत्व हात पार्ने, त्यसपछि हुने संसदीय निर्वाचनमा आफैंले उम्मेदवार चयन गर्ने र चुनावमा विजयी बनि राज्य सञ्चालन पनि आफैंले गर्ने सपनामा बाँचिरहेकाहरूले यतिबेला मिठो निद्राबाट पानी छ्यापेर ब्यूँझाइदिएको महशुस गरिरहेका छन् र, ताजा जनादेशमा जाने कुराको विरोधमा एकोहोरो प्रलाप गरिरहेछन् । र, यस्तो प्रलापमा सबैभन्दा आक्रामक ती देखिएका छन् जो पैँतालिस वर्ष उमेर पुगेकाहरूले राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने ढोल बजाउँदै राजनीतिक सतहमा प्रकट भएर आफैं पचास काटेपछि मौन रहँदै आएका छन् ।

राज्य संयन्त्रदेखि नेपाली समाजको हरेक कुना-कुनासम्म दोहोरो, तेहेरो चरित्र ‘गुञ्जायमान’ रहेको भेटिन्छ । राजनीतिमा सामेल भएर राजनीतिलाई नै व्यवसाय बनाउनु, व्यवसायी आवरणमा बसेर राजनीति गर्नु, आफ्नो भविष्यको चिन्तामा तड्पिएर रोजगारी खोज्दै सरकारी सेवामा पस्नु र राष्ट्रसेवकको परिचय भिर्दै जीवनभरी आफ्नै सेवामा मात्र तल्लीन रहनु, राष्ट्रसेवक बनेर राष्ट्रबाहेक बाँकी सबैको सेवा पुऱ्याउनु र विकासका नाममा बजेट छुट्याएर आफ्नो आर्थिक विकासलाई केन्द्रमा राख्नु नेपालीको सामान्य विशेषता हो । दोहोरो-तेहेरो चरित्रका मानिसको बाहुल्य भएको मुलुकमा मात्र यो सम्भव हुन सक्छ ।

सत्य बुझ्न नखोज्ने, तथ्य र तर्कले सत्य पुष्टि गरिसकेपछि पनि आफूले बनाएको असत्य धारणाकै पक्षमा दृढतापूर्वक उभिइरहने बहादुर नेपाली हौँ हामी । हामी सत्य बोल्नमा भन्दा स्वार्थ बोल्नमा रमाउँछौँ, देखेका कुराभन्दा मनमा लागेका कुरामा अड्डी लिन्छौँ, सकारात्मकता भन्दा नकारात्मकतामा मनोरञ्जन गर्छौं, त्यसपछि सभ्य, शान्त र समृद्ध समाज निर्माण हुन नसकेकोमा सबैभन्दा धेरै दुःख पनि हामी नै प्रकट गर्न भ्याउँछौँ !

उद्यमीको परिचय बनाउनेहरू गुणस्तरीय एवम् मौलिक सामाग्रीको उत्पादनलाई प्राथमिकता दिन खोज्दैनन् । विदेशमा उत्पादित सामाग्रीलाई जोडजाड (एसेम्बल) गरेर स्वदेशी उत्पादनको ट्याग लगाउँदै सामान बिक्री गर्ने व्यवसायी र, स्वदेशी उत्पादनलाई सर्वोच्च प्राथमिकता दिइनुपर्छ भन्दै बजारमा विदेशी उत्पादन मात्र उठाउने ग्राहकहरूको बाहुल्य रहेको मुलुक हो यो । नेपाली गीत–सङ्गीतको प्रवर्द्धन हुनुपर्छ भन्दै भाषण दिने र, भोजभतेरदेखि ‘बेडरुम’सम्म विदेशी भाषा तथा विदेशी नश्लका गीत र गायक कलाकारलाई स्थान दिने पनि हामी नेपाली नै हौँ । अनि सत्य बुझ्न नखोज्ने, तथ्य र तर्कले सत्य पुष्टि गरिसकेपछि पनि आफूले बनाएको असत्य धारणाकै पक्षमा दृढतापूर्वक उभिइरहने बहादुर नेपाली हौँ हामी । हामी सत्य बोल्नमा भन्दा स्वार्थ बोल्नमा रमाउँछौँ, देखेका कुराभन्दा मनमा लागेका कुरामा अड्डी लिन्छौँ, सकारात्मकता भन्दा नकारात्मकतामा मनोरञ्जन गर्छौं, त्यसपछि सभ्य, शान्त र समृद्ध समाज निर्माण हुन नसकेकोमा सबैभन्दा धेरै दुःख पनि हामी नै प्रकट गर्न भ्याउँछौँ !

राजनीतिक नेतृत्व चयन गर्दा आफन्त र नगदलाई आधार बनाउँछौँ, पाँच लिटर इन्धन, पाँच थाल मासुभात र पाँच हजार रुपैयाँसँग आफ्नो मत (भोट) साट्छौँ र चुनाव भएकै भोलिपल्टदेखि नारा लगाउन थाल्छौँ- ‘नेताहरू चोर हुन्, यिनले देश बर्बाद गरे !’ यस्ता हज्जार हर्कत गर्न सक्ने चरित्र नेपाली मात्रमा विकसित भइसकेको छ । चौध सय वर्ष अघिका चिनियाँ यात्री ह्वेन साङले आफ्नो यात्रा वृत्तान्तमा हिमालयको ठीक दक्षिणतर्फ जाली-फटाहा र विश्वासघाती मानिसको बसोबास रहेछ भनी लेखेको ब्यहोरा बदल्ने सोच, विचार र व्यवहार हामीबाट भइरहेको छैन । ‘खानदानी बेइमान’को चरित्र कायम राख्दै सुख, शान्ति, सभ्यता र समृद्धि खोज्ने हामीले आफूलाई नबदलेसम्म देश बदल्न नसकिने तथ्य बोध गर्न कहिले सकौँला ? हरेक नेपालीले आफैंलाई गर्नुपर्ने प्रश्न हो यो ! जय मातृभूमि ।