३ बैशाख २०७८, शुक्रबार

एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

  प्रकाशित मिति
१२ फाल्गुन २०७७, बुधबार ०४:०९



अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ ।

एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गङ्गालालले सम्झौतालगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीको मुटु परीक्षण गरेको एन्फाले जनाएको छ ।

मुटु परीक्षण गराउने खेलाडीमा एरिक विष्ट, दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुरज विक, आशिष लामा, त्रिदेव गुरुङ, छिरिङ गुरुङ, दर्शन गुरुङ, इशान खड्का, संजोक राई, रविशङ्कर पासवान, पाल्साङ लामा र रञ्जित धिमाल तथा एन्फा पदाधिकारी उपेन्द्रमान सिंह, इन्द्रमान तुलाधरलगायत छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान