२२ फाल्गुन २०७७, शनिबार

नेपाल सुपर लिग फुटबल वैशाख दोस्रो साता

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०३:२१


नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी वैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि सञ्चालन हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिता वैशाख २५ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने सो लिगमा सातवटै प्रदेशको सात टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रत्येक टोलीमा तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान छ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट प्रत्येक टोलीले २० खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

ऐतिहासिक पदकसँगै यसरी ‘फेन्सिङ रानी’ बनिन् अनिता श्रीविक्रम भण्डारी खेलकुद कुन चरीको नाम हो उनलाई पत्तो थिएन । विद्यालयमा खेलेको

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२