नेपाल ब्यायाम मन्दिरको साधारणसभा सम्पन्न

नेपाल ब्यायाम मन्दिरको साधारणसभा सम्पन्न



नेपालकै जेष्ठ खेलकुद संस्था नेपाल ब्यायाम मन्दिरको वार्षिक साधारणसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

कोभिड–१९ का कारण अघिल्लो वर्ष हुन नसकेको १९औँ साधारण सभालाई समेत समेट्दै १९औँ र २०औँ साधारण सभाको रुपमा भएको साधारण सभाले संस्थालाई चुस्तदुरुस्त राख्दै प्रजातान्त्रिक रुपमा अघि बढ्ने उद्देश्यले विधानमा रहेको विभिन्न बाधा अवरोध हटाई परिमार्जन गर्ने निर्णयका साथ विधानमा संशोधन गर्ने निर्णय गरेको छ ।

यस्तै साधारणसभाले महासचिव सूर्यप्रसाद जोशीद्वारा प्रस्तुत वार्षिक कार्य प्रगति विवरण र आगामी योजना तथा कोषाध्यक्ष प्रशान्त सिंहद्वारा प्रस्तुत आर्थिक वर्ष ०७५÷७६ र ०७६÷०७७ को आयब्ययलाई प्रश्नोत्तर र छलफल बाट अनुमोदन गरेको छ ।

यसैगरी ब्यायाम मन्दिरले संस्थाको मानार्थ सदस्यहरूलाई मनोनयन गरिएकोमा उक्त निर्णयलाई समेत भेलाले अनुमोदन गरेको छ ।

लामो समयदेखि नेपाल ब्यायाम मन्दिरको विकास र विस्तारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएका ब्यवसायी तथा समाजसेवी विद्यासागर तुलाधर, टेली टकका कार्यकारी प्रमुख संजय अग्रवाल, डाइट नेपालका प्रबन्ध निर्देशक निशान्त प्रधान, फिटनेश च्वाइसका प्रवन्ध निर्देशक उत्तम सिलवाल, ब्रिटिश गोर्खाली सेभिङ्ग एण्ड क्रेडिटका चेयरम्यान जनम लामा, कामनपा २७ वडाका सदस्य तथा समाजसेवी नरेश महर्जन, ब्यवसायी तथा समाजसेवी राज कुमार तण्डुकार र इचङ्गुका पूर्व वडा ७ का अध्यक्ष हरिकृष्ण लामालाई मानार्थ सदस्यमा मनोनयन गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल ब्यायाम मन्दिरको ज्याठास्थित आफ्नै हलमा भएको साधारण सभाको कार्यक्रमा संस्थालाई विभिन्न माध्ययमबाट विकास र विस्तारमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै विभिन्न ब्यक्तित्वहरूलाई नगदसहित सम्मान गरेको छ ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट संचालक समितिका सदस्यद्वय गोविन्द चित्रकार र बर्णबहादुर श्रेष्ठलाई नगद ५५ हजार ५ सय ५५ का साथ दोशल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ भने खेलाडीहरु रामबहादुर दाहाल र रजनी श्रेष्ठलाई नगद ४० हजार, डेभिड बलामी र सरोज श्रेष्ठलाई नगद १० हजार, टिम ब्यवस्थापक मनोज श्रेष्ठ र ब्यायाम मन्दिरका सहयोग विजयरत्न बज्राचार्यलाई नगद ७ हजारसहित सम्मानपत्रले प्रदान गरिएको छ ।

नेपाल ब्यायाम मन्दिको नियमित सम्मानको रुपमा रहेको सन्तती कदरपत्रबाट टोल प्रतिनिधि तथा नेपाल ब्यायाम मन्दिरको साधारण सदस्य रोजिना प्रजापती महर्जनलाई सम्मान गरिएको छ । त्यस्तै साधारण सदस्य मध्येबाट संचालक समितिले कोषाध्यक्ष प्रशान्त सिंहलाई बिशेष सम्मान गरेको छ ।

खेलकर्मी, पत्रकार सम्मानित

नेपाल ब्यायाम मन्दिरले साधारण सभाका दौरान खेल पत्रकारलाई पनि सम्मान गरको छ । खेल पत्रकारिताको माध्ययमबाट ब्यायाम मन्दिरले गर्दै आएको विभिन्न क्रियाकलापका साथै शारीरिक सुगठनमा राष्ट्रकै उच्च सम्मानित शहिद धर्मभक्त माथेमाको नाममा रहेको धर्मश्रीको प्रचार प्रसारलाई निरन्तरता प्रदान गर्दै नेपाल ब्यायाम मन्दिरको बिकास र विस्तारमा गर्दै आएको योगदानको मुल्याङ्कन गर्दै समाचार पत्रका खेल संचारकर्मी श्री कविरस शर्मा र राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार शाखाका दामोदर अर्याललाई नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सासद पूर्व रक्षामन्त्री भिमसेन दास प्रधानले सम्मान पत्र प्रदान गरेका थिए ।