प्रष्ट भए हुन्छ, चुनाव हुँदैन : प्रचण्ड

प्रष्ट भए हुन्छ, चुनाव हुँदैन : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको जिकिर गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने धारणा राखे ।

चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन भन्दै लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेकोले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको दाबी गरे ।

विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि दिन पुगेका र आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ ।