‘देश अकल्पनीय खतराको मुखमा पुग्यो’ : घनश्याम भुसाल

‘देश अकल्पनीय खतराको मुखमा पुग्यो’ : घनश्याम भुसाल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि बागलुङ दाहाल–नेपाल पक्षले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गरे । पूर्वकृषिमन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे ।

उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे । नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रँदै गएको जिकिर गरे ।