१५ फाल्गुन २०७७, शनिबार

चिकित्सा शिक्षाको शुल्क वृद्धि नगर्न प्रधानमन्त्रीको निर्देशन

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार १७:१७



यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन बरु घटाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि शुल्क नबढ्ने भएको हो ।

आयोगले शैक्षिक सत्र २०७७–७८ मा एमबिबीएस कार्यक्रमका लागि आठ लाख रुपैयाँ शुल्क बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा विषयमा बढाउन सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स, एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो ।

बैठकले उक्त विषयमा निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री केष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल बनाउने गठन गरेको छ । कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्य तथा जनसङ्ख्यान्त्री हृदयेश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा उषा झा, आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल रहनुभएको छ ।

बैठकमा राष्ट्रिय चिकित्सा ऐन २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ पहिलो संशोधन, एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, नेशनल बोर्ड आफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि, चिकित्सा शिक्षासम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेका संस्थाहरूको स्तरोन्नतिका सम्बन्धी मापदण्डहरू भने अनुमोदन भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ज्ञानमित्र अच्युदानन्द ब्राह्मण रामचंद्र उवाच : अब ओली कुन मुख लिएर संसदमा जानुहुन्छ ? निठल्ला चिन्तकलाई हाँसो उठ्यो, उसले समाचारको

सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको

केशवप्रसाद भट्टराई १. प्रक्रिया अर्को कुरा हो तर सार्वभौम जनताले जुन दलको नेतालाई प्रधानमन्त्रीको रूपमा देखेर उसको नाउँमा भोट दिएर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका