रेलमार्गमा टिकटक बनाउँदा पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा पाकिस्तानी युवाको मृत्यु



‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिँडिरहेका एक युवाको रेलको ठक्करबाट मृत्यु भएको छ ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको पाकिस्तानको प्रहरीले शनिबार जानकारी दिएको छ ।

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको हो ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्थामा रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले जानकारी दिएको एएफपीले जनाएको छ ।

बताइएअनुसार (उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको थियो ।