देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,९७९

देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,९७९



नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४६, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,६८,६४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,९७९ पुगेको छ।

बिहीबार २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्हा र लसम्म डिस्चार्ज हुनेको संख्या २,६२,८६८ पुगेको बताइएको छ।