१४ फाल्गुन २०७७, शुक्रबार

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

  प्रकाशित मिति
३ माघ २०७७, शनिबार ०४:१४



विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन् । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए । नेपालका जुनियर खेलाडी दाहालले पाएका थिए, यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालको भनाइ छ । उनी पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा छन् । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए। सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध भएका छैनन् । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थानमा रहैका थिए ।

विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सनत आचार्य प्रतिनिधिसभाका सांसदहरूले संसद् विघटन भएको अवधिको समेत एकमुष्ट तलब पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका-३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा