१० माघ २०७७, शनिबार

अमेरिकामा दशकौंपछि एक महिलालाई मृत्युदण्ड दिइयो

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १४:२९



संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक महिलालाई अमेरिकी संघीय कानुनबमोजिम मृत्युदण्ड दिइएको छ ।

एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ ।

ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो ।

मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।

अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुनबमोजिम मृत्युदण्ड दिनेगरी कार्यकारी आदेश जारी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड

कमल पराजुली, बेनिड्रोम (स्पेन) स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केही दिनयता कोरोना सङ्क्रमण बढेको छ । यसअघि केही नेपालीमा

डम्बर निदाल, डडेल्धुरा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन क्वारेन्टिनका लागि प्रयोग भएका डडेल्धुराका विद्यालयहरूमा करोडौँको भौतिक क्षति भएको छ ।

कपिलवस्तु प्रतिनिधि विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा बिहानैबाट परेको छ । केन्द्रिय सचिवालय सदस्य कञ्चन, ब्यूरो सदस्य