महिला विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

महिला विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी)ले महिला विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । आइसीसीले मंसिर ३० गते मंगलबार खेल तालिका सार्वजनिक गर्दै महिला विश्वकपमा ३१ खेल खेलाइने जानकारी गराएको छ ।

५० ओभरको एकदिवसीय महिला विश्वकप सन् २०२२ मा न्यूजील्याण्डमा आयोजना हुनेछ । एक महिना लामो समयसम्म सञ्चालन हुने उक्त विश्वकप मार्च ४ बाट शुभारम्भ भई ३ अप्रिलमा सम्पन्न हुनेछ ।

महिला विश्वकप क्रिकेट न्यूजील्याण्डका ६ शहरहरू अकल्याण्ड, टोरंगा, हेमिल्टन, बेलिङ्टन, क्राइस्टचर्च र डुनेडिनमा आयोजना हुने आइसीसीले जनाएको छ । विश्वकपको उद्घाटन खेल आयोजक न्यूजील्याण्ड र क्वालिफायरबीच मार्च ४ मा हुनेछ ।

महिला विश्वकप २०२२ मा आयोजक न्यूजील्याण्ड, भारत, अष्ट्रेलिया, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका लगायत अन्य क्वालिफायर राष्ट्रहरूको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने छ ।

विश्वकपको पहिलो सेमिफाइनल मार्च ३० मा वेलिङ्टन र दोश्रो सेमिफाइनल क्राइस्टचर्चमा मार्च ३१ म खेलाइने कार्यक्रम रहेको छ । त्यस्तै, विश्वकपको फाइनल खेल ३ अप्रिलमा क्राइस्ट चर्चमा खेलाइने छ ।

गत संस्करण (२०१७) को महिला विश्वकपको उपाधि इङ्गल्याण्डले जितेको थियो । इङ्गल्याण्डले फाइनलमा भारतलाई पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो ।

महिला विश्वकप क्रिकेटको उपाधि सबैभन्दा बढि ६ पटक अष्ट्रेलियकाले जितेको छ । त्यस्तै चार पटक इङ्गल्याण्ड र एक पटक न्यूजील्याण्डले जित्न सफल भएको छ ।

सन १९७३ बाट शुभारम्भ भएको महिला विश्वकपको पहिलो उपाधि इङ्गल्याण्डले जितेको थियो । त्यसपछि सन् ८८, ८२ र ८८ मा लगातार तीन पटक विश्वकप जितेर अष्ट्रेलियाले ह्याट्रिक गरेको थियो । ९३ मा इङ्गल्याण्डले विश्वकप ट्रफीमाथि कब्जा जमाए पनि ९७ मा पुनः अष्ट्रेलियाले विश्वकपको उपाधि उचालेको थियो ।

सम्भावित विश्वकपको उपाधिको दौडमा न्यूजील्याण्ड सधैं चर्चामा रहेपनि सन २००० मा मात्र पहिलो पटक विश्वकपको ट्रफी उचाल्न पाएको थियो । त्यसपछि २००५ मा अष्ट्रेलिया, २००९ मा इङ्ग्ल्याण्ड, २००१३ मा अष्टे«ेलिया र २०१७ मा इङ्गल्याण्डले विश्वकपको उपाधि जितेका थिए ।

गत संस्करणमा एसियाली मुलुक भारत फाइनलमा पुगे पनि उपाधि जित्नवाट भने वञ्चित भएको थियो ।