वरिष्ठ प्रशिक्षक सुब्बामाथि कारवाहीको सिफारिस

वरिष्ठ प्रशिक्षक सुब्बामाथि कारवाहीको सिफारिस



राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित छानबिन समितिले सातदोबाटो परिसर प्रमुख तथा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन सुब्बा (टेकबहादुर लिम्बु) लाई कारवाहीका लागि सिफारिस गरेको छ । सुब्बालाई सातदोबाटोस्थित रुखहरू जथाभावी काटी आर्थिक अनियमितता गरेको भन्दै समितिले कारवाहीका लागि सिफारिस गरेको हो । अहिले छानविन समितिले सुब्बालाई कारवाहीका लागि गरेको सिफारिस अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापनपश्चात् सातदोबाटो परिषदलाई सफा सुग्घर गर्न केही रुखहरू काट्ने निर्णय भएको थियो । उक्त कुराको जिम्मेवारी परिसरप्रमुख सुब्बाले पाएका थिए । सरसफाई गर्ने क्रममा सुब्बाले केही रुख काट्नुको साटो मनोमानी ढङ्गले थुप्रै रुख काटेको र आर्थिक लाभ लिएको आरोपसहित राष्ट्रिय खेलकुद परिषदमा उजुरी परेको थियो ।


सरसफाइका क्रममा सुब्वाले सातदोवाटो परिसरभित्रका ४० दखि ५० वटा रुख काटेर लाखौँ रुपैयाँको हिनामिना गरेको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । सुब्बाले ती रुख काटेर परिषदलाई जानकारी नदिई लाखौँ रूपैयाँमा बिक्री गरेको आरोप लागेको छ । सरकारी सम्पत्ति सूचनाबेगर बिक्री वितरण गरेपछि सुब्वाको विरुद्धमा राखेपमा उजुरी परेको थियो । उजुरीपश्चात सुब्वाले उक्त काटिएका रुखहरू २५ हजार रुपैयाँमा बेचेको जानकारी गराएका थिए ।