९ माघ २०७७, शुक्रबार

कोरोनाबाट थप १३ को मृत्यु

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार १२:१३



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १,५५१ पुगेको छ । बितेको २४ घण्टामा नौ हजार २८९ नमूना परीक्षण गर्दा ८०९ पुरुष र ५३४ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा २८२, प्रदेश नं २ मा ५१, वाग्मतीमा ६५१, गण्डकीमा १४७, लुम्बिनीमा १५४, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ४४ सङ्क्रमित थपिएका छन् । आज दुई हजार १११ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २० हजार २७२ पुगेको छ । कोरोना निको हुने दर ९२।७ प्रतिशत पुगेको छ ।

सङ्क्रमितमध्ये १० हजार २७१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएका छ । तीन सय ८८ जनाको सघन उपचार कक्ष र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मनाङ र डोल्पा कोरोनामुक्त भएका छन् भने झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर र कास्कीमा ५०० बढी सक्रिय सङ्क्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विभिन्न पार्टीका मूख्य नेतामध्ये सम्भावित निर्वाचनमा अधिकाङ्श पराजित हुने सङ्केतहरू देखिएका छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र

भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरूको तत्काल आवश्यकताको लागि नेपाललाई भारतमा उत्पादित १० लाख भाइल कोभिड-१९ भ्याक्सिन

श्रीलङ्काले पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्ना सबै सिमानालाई बिहीबारदेखि पूर्ण रूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला

सात जनाको राखेप कार्यसमिति तीन जनामै सीमित श्रीविक्रम भण्डारी ‘राष्ट्रिय खेलकुद विकास ऐन-२०७७’ लागु भएको आठ महिना बितिसक्दा पनि राष्ट्रिय