आइएसद्वारा इराकमा सात प्रहरीको हत्या

आइएसद्वारा इराकमा सात प्रहरीको हत्या



इराकको सलाहुद्दिन प्रान्तमा एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । सो हमला शनिबार भएको थियो । यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।

शनिबार साँझ भएको सो हमलामा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ ।

त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष गरेर हमला गर्ने गरेको छ ।शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ ।