जापानमा कोरोना संक्रमितको संख्या बढ्दै

जापानमा कोरोना संक्रमितको संख्या बढ्दै



विशेष प्रतिनिधि, टोकियो (जापान)

पछिल्ला केही दिनदेखि जापानमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

जापानमा आज बुधबार साँझ ६ बजेसम्ममा २,१८९ जनामा कोरोना भाइरसको भेटिएको छ । जापानमा दैनिक संक्रमितको संख्या पहिलो पटक दुई हजार भन्दा बढी भेटिएको हो ।

राजधानी टोकियोमा ४९३, ओसाकामा २७३, खानागावामा २२६, आइचीमा १४१, साइतामामा १२६, होक्काइदोमा २३३ र देशका अन्य प्रान्तमा गरि देशभर २,१८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो वृद्धिसँगै जापानमा अहिलेसम्म डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितका संक्रमितहरुको संख्या १२४,२४४ पुगेको छ ।

जापानमा बुधबार कोरोना भाइरस संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ ।

योसँगै जापानमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १,९४५ पुगेको छ ।