गाजाबाट इजरायलतर्फ दुई ओटा रकेट प्रहार

गाजाबाट इजरायलतर्फ दुई ओटा रकेट प्रहार



गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्सले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ ।

इजरायलको डिफेन्स फोर्सका तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा ‘गाजा तर्फबाट इजरायलमा आइतबार बिहान सबेरै दुई ओटा रकेट प्रहार गरिएको छ’ भनिएको छ । इजरायलको दक्षिणी शहर आसदोद र दक्षिणतर्फकै अर्को शहर सेफला क्षेत्रमा ती दुई ओटा रकेट हानिएको उक्त ट्वीटमा उल्लेख गरिएको छ ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । इजरायलको डिफेन्स फोर्सले आइतबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।

सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्वीटमा दिइएको प्राप्त समाचारमा जनाइएको छ ।