गीतकार यशु थापाको दोश्रो गीति एल्बम ‘नाम’सार्वजनिक

गीतकार यशु थापाको दोश्रो गीति एल्बम ‘नाम’सार्वजनिक


सनत आचार्य, बेल्जियम

कोरोना कहरबीच गीतकार यशु थापाको गीति एल्बम ‘नाम’ एक कार्यक्रमका बीच बेल्जियमको राजधानी ब्रसेल्समा सार्वजनिक गरिएको छ ।

मंगलबार (१० नोभेम्बर) आयोजित गीत तथा भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एवम बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापाले गीत र भिडियो सार्वजनिक गर्दै विदेशमा पनि गीत संगीतको माध्यमद्वारा नेपाली कला संस्कृति जगेर्ना गरिनु राम्रो कुरा भएको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रलाई पनि गीत, संगीत र कलाका माध्यमद्धारा प्रचार प्रसार गर्न सकिने सल्लाह दिनुभयो ।

कार्यक्रमका अतिथि एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीले गीत-संगीतले दोश्रो पुस्तालाई नेपाली कला, संस्कृति र साहित्यबारे जानकारी दिन सहयोग गरेको उल्लेख गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आवश्यक रहेको सुझाव दिनुभयो ।

गीतकार थापाले नेपाली कला संस्कृतिलाई जीवन्त राख्न आफूले सानो प्रयास गरेको र सानो प्रयासमा प्राप्त हौसलाले आफु अझ बढि उत्साहित र प्रेरित भएको बताउनुभयो । उहाँले आफ्नो पहिलो एल्बम ‘गीताञ्जली’प्रति स्रोता र दर्शकले देखाएको मायाका कारण दोश्रो एल्बम निकाल्न सहयोग पुगेको जानकारी दिनुभयो ।

विमोचित एल्बममा यसु थापाद्वारा रचित पाँच वटा गीत रहेका छन् । उक्त गीतमध्ये दुई वटामा राज सागरले तीन वटा र सुरज थापाले दुई वटामा संगीत दिनुभएको छ भने गायकमा आनन्द कार्की, अन्जु पन्त, निशा देसार, सुरज थापा र राज सागर रहनुभएको छ ।

सार्वजनिक गरिएको उक्त गीतमध्ये हाल दुई वटा गीतको भिडियो निर्माण गरिएको र सोको छायाङ्कन नेपाल र भारतमा गरिएको गीतकार थापाले जानकारी दिनुभयो ।