अन्तर्राष्ट्रिय यात्रालाई थप सहज बनाउँदै जापान

अन्तर्राष्ट्रिय यात्रालाई थप सहज बनाउँदै जापान



विशेष प्रतिनिधि, टोकियो (जापान)

कोरोना संक्रमणका कारण बन्द रहेको अन्तर्राष्ट्रिय यात्रालाई क्रमिक रुपमा सहज बनाउँदै आएको जापानले नोभेम्बर १ तारिखबाट थप सहजता प्रदान गर्ने भएको छ ।

नोभेम्बर १ तारिखबाट विभिन्न मुलुकदेखि जापान फर्केर आउनेहरुले (पुनः प्रवेश अवधि बाँकी Re-entry valid Visa भएकाहरुले) हाल कायम रिइन्ट्री कन्फर्मेसन लिन नपर्ने भएको छ । अब केवल कोरोना नेगेटिभ रहेको परीक्षण पेपर मात्र भए पुग्ने भएको छ ।

यसका साथै जापानबाट नेपाल वा अन्य मुलुक जाँदा लिनुपर्ने पुनः प्रवेश अनुरोध रसिद (Receipt for Request of Re-entry पनि लिन नपर्ने भएको छ ।


यस्तै, अक्टोबर ३० मा प्रधानमन्त्री सुगा योशिहिदेले जापानबाट बाहिर गएका जापानीहरु तथा जापानको आवासीय अनुमति पाएका विदेशीहरुले जापान फर्कंदा १४ दिन क्वारेन्टिन बस्न पर्ने ब्यवस्था पनि नोभेम्बर १ तारिखबाट हटाउने जानकारी गराएका छन् । यद्यपि यो नियम भने सबै मुलुकको लागि होइन ।

तत्काललाई चाइना, कोरियालगायत कोरोना संक्रमण न्यून भएका देशबाट जापान फर्कंदा मात्रै यो ब्यवस्था गरिएको हो । बाँकी अरु देशका बारेमा पुरानै नियम कायम रहने छ । धेरै नेपालीहरुको चासो रहेकाले प्रस्ट भन्दा नेपालबाट आउनेहरुको हकमा भने पुरानै नियमअनुसार १४ दिन क्वारेन्टिनन बस्नुपर्नेछ ।