आपसी विवादमा धारिलो हतियार प्रहार गर्नेहरु पक्राउ

आपसी विवादमा धारिलो हतियार प्रहार गर्नेहरु पक्राउ



मिमकुमारी राना

तुलसीपुर उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षीय कुमार विकमाथि धारिलो हतियारले आक्रमण गरी घाइते बनाउने दुई जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।

आपसी विवाद हुँदा विकमाथि खुर्पालगायत धारिलो हतियार प्रहार गरी एउटा खुट्टा काटिदिएको र शरिरका विभिन्न भागमा गम्भीर चोट लाग्ने गरी आक्रमण गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१६ का २२ वर्षीय पवन चौधरी र वडा नं. १० का २४ वर्षीय अमृत चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ भने घाइते विकको लखनउमा उपचार भइरहेको छ ।